नक्कली गणक बनेर मतगणना स्थल प्रवेश गरेका बास्तोला निर्वाचन अधिकृतको नियन्त्रणमा

पाेखरा | मंसिर ७, २०७९

नक्कली गणक बनेर मतगणना स्थल प्रवेश गरेका बास्तोला निर्वाचन अधिकृतको नियन्त्रणमा

कास्की:  पोखरा सभागृहमा जारी मतगणनामा गणक बनेर मत गणना स्थलमा छिरेका पोखरा ११ का निवर्तमान वडाध्यक्ष्यसमेत रहेका कांग्रेसका नेता मोहन बास्तोलालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियन्त्रणमा लिएको छ । 


नक्कली मत गणक बनेर कास्की क्षेत्र नम्बर २ को मतगणना स्थलमा मतगणना स्थलमा प्रवेश गरेका बास्तोलालाई मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले स्पष्टिकरण सोधेको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 


‘निर्वाचनको सवालमा हाम्रो नियन्त्रणमा हुनुहुन्न । मुख्य निर्वाचन अधिकृतबाट नै नियन्त्रणमा लिएर स्पष्टिकरण सोधको जानकारीमा आएको छ ।’ डिएसपी तिवारीले भने ।


उनले अन्य नेताको कार्ड प्रयोग गरेर मतगणना स्थलमा प्रवेश गरेको बताइएको छ । उनलाई मतगणना स्थलमा देखेपछि नेकपा एमालेका गणकहरुले विरोध जनाएका थिए । 


पोखरा सभागृहमा अहिले कास्की क्षेत्र नम्बर २ को प्रतिनिधि सभा र २ (क) र २ (ख) को मतगणना जारी छ । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्