समानुपातिकतर्फ ८४ हजार मतकासाथ एमाले पहिलो, नवौं स्थानमा नेकपा (एस)
पाेखरा | मंसिर ६, २०७९
आमनिर्वाचनको हालसम्म प्राप्त मतगणना अनुसार समानुपातिकतर्फ नेकपा एमाले पहिलो स्थानमा रहेको छ ।
एमालेले ८४ हजार ८१५ मत पाएको छ ।
त्यस्तै, ७१ हजार ५२५ मत ल्याउँदै नेपाली कांग्रेस र ३६ हजार १०९ मतकासाथ राष्ट्रिय स्वतन्त्र पार्टी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
नेकपा माओवादी केन्द्रको ३२ हजार ७२५ रहेको छ भने पाँचौ स्थानमा २० हजार ५४ मतकासाथ राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ ।
यसैगरी, जनता समाजवादी पार्टीले हालसम्म ५ हजार ६५५ मत ल्याएर छैठौं स्थानमा रहँदा नेपाल मजदुर किसान पार्टीले ४ हजार ५०७ मतकासाथ सातौं स्थान ओगटेको छ ।
समानुपातिकको रोजाइमा नागरिक उन्मुक्ति पार्टी रहेको छ । पार्टीले ३ हजार ७७६ मत प्राप्त गरेको छ ।
यसैबीच, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले ३ हजार ४४५ मत ल्याएर नवौं स्थानमा रहेको छ ।
मतगणना जारी छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

