सवारी दुर्घटनामा सञ्चारकर्मी विश्वकर्माको निधन

चितवन | मंसिर ६, २०७९

सवारी दुर्घटनामा सञ्चारकर्मी विश्वकर्माको निधन

चितवनः   सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । पूर्वी चितवनको राप्तीबाट काठमाडौँ  जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उहाँको आज बिहान निधन भएको हो ।

 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार  बा ४ ख ४१२ नम्बरको माइक्रोबस रोकिराखेको ना२ख ८५२२ नम्बरको पराल लोड भएको ट्रकमा बिहान ५ः३० बजे ठोक्किएको हो । माइक्रोको अगाडि भाग ट्रकको पछाडि भागमा ठोक्किएर कुच्चिएपछि घाइते विश्वकर्माको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको जनाइएको छ ।

 
३५ वर्षीय विश्वकर्मा सञ्चारकर्मीसँगै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं जनवर्गीय सङ्गठन जात व्यवस्था उन्मूलन मोर्चाका संयोजक हुनुहुन्थ्यो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्