मुस्ताङका तीन स्थानमा कांग्रेसको जित, भत्कियो एमालेको गढ
मुस्ताङ | मंसिर ५, २०७९

मुस्ताङ: हिमालपारिको जिल्ला मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको तीन स्थानमै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
२०७४ को निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा सबै जितेको एमाले शून्यमा पुगेको छ ।
यसअघि मुस्ताङमा प्रतिनिधिसभा र प्रदेशसभा (क) मा विजयी भएको कांग्रेसले मुस्ताङको प्रदेशसभा (ख) मा पनि विजयी हासिल गरेको छ ।
प्रदेशसभा (ख) मा विकल शेरचन दुई हजार ७२३ मतसहित विजयी हुनुभएको छ । शेरचनका निकटतम प्रतिद्वन्द्वी एमालेका चन्द्रमोहन गौचनले दुई हजार ५६५ मत प्राप्त गर्नुभएको छ । प्रदेश– (ख) मा राप्रपा नेपालका उम्मेदवार कर्म डोल्कर गुरुङले ५८ मत प्राप्त गरी तेस्रो बन्नु भएको छ ।
यसअघि प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का ६० वर्षीय उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली विजयी हुनुभएको हो । मुस्ताङको विजयीसँगै १६५ स्थानका लागि भएको निर्वाचनमा कांग्रेसले जितको खाता खोलेको हो । गौचन मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका बासिन्दा हुनुहुन्छ ।
गौचनले तीन हजार ९९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत प्राप्त गर्नुभयो ।
नवनिर्वाचित योगेश नेपाली कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुनुहुन्छ ।त्यस्तै, मुस्ताङको प्रदेशसभा (१) मा कांग्रेसका उम्मेदवार नम्डु गुरुङ विजयी हुनुभएको छ ।
गुरुङ नेकपा (एमाले) का इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले ७९३ मत ल्याउनुभएको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...