पोखरामा ९१ वर्षीय वृद्ध कुवर मतदानमा सहभागी(तस्बिर सहित )

काठमाडाैं | मंसिर ४, २०७९

पोखरामा ९१ वर्षीय वृद्ध कुवर मतदानमा सहभागी(तस्बिर सहित )

पोखरा:  पोखरामा ९१ वर्षीय वृद्ध मुसी कुवर प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी हुनु भएको छ । 


कास्कीमा बिहान चिसोका कारण अधिकांश मतदान केन्द्रमा मतदाता कम उपस्थिति रहेपनि अहिले उपस्थिति बढ्दै गएको तालबाराही मतदान केन्द्रका मतदान अधिकृत रामप्रसाद आचार्यले बताए । 


‘बिहान मतदाताको संख्या अलि कम थियो’ उनले भने, बिहान चिसो मौसलले होला  मतदाताको संख्या कम नै थियो । अहिले मतदाताको उपस्थिति बढेको छ ।’


आज ( आइतबार) देशभर मतदान भइरहेको छ । कास्कीको तिन निर्वाचनमा क्षेत्रमामा तीनसय ४४ मतदान केन्द्रमा मतदान भइरहेको छ । 


कास्कीबाट २ लाख ६४ हजार ४ सय ५६ मतदाताहरु निर्वाचनमा सहभागी हुदैछन् । जसमध्ये १ लाख ४० हजार ३ सय ६९ जना महिला, १ लाख २४ हजार ८३ जना पुरुष र अन्य ४ जना मतदाता रहेका छन् । 


हेरौं तस्बिरमा...

 

 

 

 

 

 

 

 

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्