पोखरा अपडेटः धनराजको ‘कलम’ले थापाको ’सूर्य’लाई झन् पछि पार्दै
काठमाडाैं | जेठ ८, २०७९

पोखरा महानगरको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको ‘कलम’ले हालसम्म ४२ हजार ३४८ मत पाएर अग्रता बढाउँदै गएको छ ।
आचार्यका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले ३८ हजार ९३५ मत प्राप्त गरेका छन् । दुईबीच ३ हजार ४१३ मतको अन्तर रहेको छ ।
त्यस्तै, नेपाली कांग्रेसबाट उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले ४२ हजार ५३४ मत ल्याएकी छिन् । रानाभाटलाई एमालेकी मञ्जु गुरुङले १ हजार ७६७ मतले पछि पारेकी छिन् । गुरुङको ४४ हजार ३०१ मत रहेको छ ।
त्यस्तै, अटेरी अभियानको नाममा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले हालसम्म २ हजार ६७७ मत ल्याएका छन् ।
अहिलेसम्म १ लाख ५ हजार ८६२ मत गणना भइसकेको छ । मतगणना जारी छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...
अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...