विवादित बनेको दुई पालिकाको मतदान प्रक्रिया अझै सुरु भएन

काठमाडाैं | जेठ ८, २०७९

विवादित बनेको दुई पालिकाको मतदान प्रक्रिया अझै सुरु भएन

काठमाडौं, स्थानीय तह सदस्य निर्वाचनको  मतपरिणाम सार्वजनिक भैरहेकाे अवस्थामा ७५३ पालिकामध्ये विवादका कारण स्थगित दुई पालिकाको मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन ।

 

बाजुराको बुढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना रोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उदयपुरको त्रियुगा नगरपालिकामा मतदान चल्दाचल्दै विवाद भएर मतदान प्रक्रिया नै रोकिएको थियो ।

 

बाजुराको बुढीगङ्गाा गाउपालिकामा भने मतगणना कार्यमा विवाद भएको थियो । निर्वाचन आयोगमा यी घटनाको बारेमा उजुरी आएको उहाँको भनाइ छ । आयोगले अव छिट्टै यस विषयमा आवश्यक निर्णय गर्ने प्रवक्ता शर्माले बताउनुभयो । केही दिनमा यी दुई पालिकाको विषयमा आयोगले निर्णय गर्ने उहाँले बताउनुभयो । 

 

‘मतदान र मतगणना रोकिएका यी दुई पालिकाबाट आयोगमा उजुरी आएको छ । आयोगले यी विवादलाई समाधान गरेर चाँडै समाधान गर्नको लागि वातावरण बनाउने कोसिस गर्दैछ,’उहाँले भन्नुभयो । 

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।    सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।   पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...

थप पढ्नुहोस्

अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।   सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...

थप पढ्नुहोस्

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

थप पढ्नुहोस्