चौथो दिनदेखि धरानमा पनि ‘लौरो’कै अग्रता

काठमाडाैं | जेठ ५, २०७९

चौथो दिनदेखि धरानमा पनि ‘लौरो’कै अग्रता

मतगणना सुरु भएदेखि निकट प्रतिष्पर्धी रहेका धरान उपमहानगरपालिका स्वतन्त्र मेयर प्रत्यासी हर्क साम्पाङले चौथो दिन बिहानदेखि अन्यलाई उछिनेका छन् । 

 

बिहीबार बिहानको पछिल्लो अपडेटबाट हर्कले झिनो अग्रता लिएका हुन् । उपमहानगरपालिकामा हाल सम्म २९ हजार ७६४ मत गणना भइसक्दा हर्कले १७९ मतले  प्रतिष्पर्धीलाई उछिनेका छन् । 

 

सुरुवाती चरण देखिनै अग्रता लिएको गठबन्धन दलका उम्मेदवारलाई १४ मतले उछिन्दै अघि बढेका सम्पाङले मतान्तरको संख्या बढाउदै गएका छन् । 

 

निर्वाचन आयोगको  कार्यालयले सार्वजनिक पछिल्लो मत परिणाम अनुसार साम्पाङले ८६१६ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार  काँग्रेसका किशोर राईले ८४३७ मत प्राप्त गरेका छन् । 

 

एमालेकी उम्मेदवार मञ्जु भण्डारी (सुवेदी)ले भने ६८९५ मत प्राप्त गरेकी छिन् ।

 

 यसैगरी, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ । उनले ९५२० मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार पदम इस्वोले ९१६२ मत प्राप्त गरेर बेघालाई पछ्याइरहेका छन् । 
 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्