पोखरा २१ मा खानेपानी र सिंचाईलाई प्राथमिकता दिने लामिछानेको प्रतिवद्धता

पाेखरा | कात्तिक २०, २०७९

पोखरा २१ मा खानेपानी र सिंचाईलाई प्राथमिकता दिने लामिछानेको प्रतिवद्धता

 

पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (१) बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखरा स्थानीय आवश्यकता अनुसारका समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


निर्वाचन क्षेत्र अन्तरगत पोखरा २१ दम्सादीमा आयोजित कोणसभामा बोल्दै लामिछानेले आफुले विगतमा गरेका कामले नै आफ्नो परिचय दिएको बताउँदै आफुले गरेका प्रतिवद्धता पुरा गर्ने विश्वास दिलाए ।


नेपालको संविधानले सम्बृद्धिको परिकल्पना गरेको स्मरण गराउँदै लामिछानेले आफु संविधानमा लेखेको हक पूरा गर्न आएको बताए । ‘हिजो संविधान कार्यान्वयन हुन नदिने भएर गठबन्धन भएको हो । विगतमा यहाँबाट नेतृत्व गर्नेले चासो नदिएको कारण राम्रो बिकास हुन नसकेको म बिकास निर्माणका योजना लिएर आएको हुँ ।’ उनले भने ।


गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वमा सरकार बने मात्र जनताको समस्या बुझेर बिकासको काम हुने उनले बताए । ३ तहमा नै गठबन्धन सरकार भए काम गर्न सजिलो हुने लामिछानेको भनाई थियो ।


‘चक्रपथ बनाउने मेरो पहिलो योजना हो । दम्सादी झोलुङ्गे पुल संरक्षण गर्न पहल गर्नेछु । यो पुल सबैको हो म निर्वाचित भए पनि नभए पनि बनाउन पहल गर्ने छु । किसानलाई सिचाइको व्यवस्था खानेपानीको व्यवस्था गर्ने छु । जनताको मालिक हैन सेवक हुँ । मलाई सेवक बनाउन तपाईंहरुको हात छ ।’ उनले भने 


कार्यक्रममा नेकपा एकीकृत समाजवादी कास्की जिल्ला उपाध्यक्ष झपेन्द्रराज रेग्मीले एमालेमा निति विचार सिद्धान्त केही पनि नभएको कारण गठबन्धन भएको बताए । उनले विश्वप्रकाशले ईतिहासमा पनि धेरै काम गरेको भन्दै यस क्षेत्रको विकासको लागि विश्वको विकल्पन नभएको दावी गरे ।


नेपाली काँग्रेस प्रदेश महादिवेशन प्रतिनिधि रघु पराजुलीले यस क्षेत्रमा सिंचाइ र खानेपानीको समस्या रहेको स्मरण गराउँदै जनताका आधारभुत आवश्यकता पुरा गर्ने नेतालाई निर्वाचित गर्न आव्हान गरे ।


विकास निर्माणका सन्दर्भमा जनता एकजुट हुनुपर्ने भन्दै पराजुलीले दम्सादी क्षेत्र पोखराको कर्णाली जस्तो भएको बताए । उनले अहिले प्रतिगमनको बिरुद्ध गठबन्धन भएको बताए ।


नेपाली काँग्रेस कास्की क्षेत्र नं २ प्रचारप्रसार संयोक केशर निर्देशी स्थानीय युवराज आचार्य लगायतले यो क्षेत्र महानगरपालिका भित्रै रहे पनि अति बिकट रहेकोले यस क्षेत्रको विकासमा प्राथमिकता दिन उम्मेदवार र निर्वाचन अभियान टोलीलाई आग्रह गरेका थिए ।


कार्यक्रम नेपाली काँग्रेस पोखरा २१ का सभापछि केवल गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।   सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...

थप पढ्नुहोस्

सुनसरी:  सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...

थप पढ्नुहोस्

काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...

थप पढ्नुहोस्