‘पुरानै युनिफर्म लगाउँछु’ भन्दा म्यादी प्रहरीले भेटे दनक
पाेखरा | कात्तिक १८, २०७९
PHOTO: BIJAYA NEPALI
पोखरा: आम निर्वाचनमा खटिएका म्यादी प्रहरीले गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनकै युनिफर्म लगाउँछु भन्दा प्रहरीबाट कुटिएका छन् ।
घटना कास्कीको हो । बिहीबार जिल्ला प्रहरी कार्यालय कास्की अन्तरगत वडा प्रहरी कार्यालय बैदामका म्यादीलाई पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा युनिफर्म वितरण कार्यक्रम राखिएको थियो ।
त्यहाँ उपस्थित म्यादीमध्ये केहीले गत बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा खटिँदा पाएको युनिफर्म नै लगाउने जानकारी गराए । तर जिप्रका कास्कीले भने म्यादीलाई अहिले दिएको युनिफर्म नै लगाउनुपर्ने बतायो ।
तर जिप्रकाको यस निर्णयप्रति असन्तुष्टी जनाउँदै केही म्यादीले पोशाक भत्तास्वरुप छुट्याइएको ६ हजार रुपैयाँ दिन आग्रह गरे ।
त्यही क्रममा प्रहरी नायब निरीक्षक (सई) आर पि गौतमसहितका प्रहरीले दुई म्यादीमाथि मुक्कासहित बुट बजारे ।
कुटाई खाएपछि सुनगाभा न्यूजको सम्पर्कमा आएका म्यादीले भने, ‘मलाई पहिला सुरुमा मलाई हानेको हो । पछिपनि हान्नत हातले हानेको हो तर मैले ब्लक गरे ।’
उनले आफुलाई पहिला हातपात गरेको बताउदै त्यसपछि आफ्नो साथीलाई कुटेको जानकारी दिए । ‘हामी यो देशलाई केही योगदान दिन म्यादीमा आएका हौं प्रहरीको कुटाई खान होइन् ।’
कास्की प्रहरी प्रवक्ता तिवारी भन्छन्– ‘प्रहरी र म्यादीबीच मनमुटाव हुनुपर्ने अवस्था छैन’
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले म्यादीलाई प्रहरी हातपात नगरेको बताए ।
डिएसपी तिवारीले म्यादीको तालिम निरन्तर सञ्चालन भइरहेको बताउदै प्रहरी र म्यादी प्रहरीबीच कुनै मनमुटाव नभएको स्पष्ट पारे । ‘प्रहरी र म्यादी प्रहरीबीच मनमुटाव हुनुपर्ने अवस्था नै छैन । त्यस्तो केही पनि होइन ।’ उनले भने ।
उनले पोशाक वितरणका क्रममा मादक पदार्थ सेवन गरेर आएका र चोरीको आरोपमा २ जना म्यादी प्रहरीलाई नियन्त्रणमा लिएको जानकारी दिएका थिए ।
म्यादी प्रहरीहरुले पुरानै पोशाकको प्रयोग गर्ने बताएपनि आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि म्यादीका लागि नयाँ पोशाक आउने भएकाले पोशाक नै वितरण गर्नुपर्ने बताइएको छ ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

