भलाम र्यालेचौरका मतदाताको थापालाई आग्रह ‘चेक ड्याम बनाइदेउ’
पाेखरा | कात्तिक १८, २०७९

पोखरा । गण्डकी प्रदेश सभासदस्य क्षेत्र नं.२ ‘ख’ का उम्मेदवार विन्दु कुमार थापालाई मतदाताले पहिरो नियन्त्रणका लागि चेकड्याम बनाइदिन आग्रह गरेका छन् ।
बिहिबार पोखरा महानगरपालिका वडा २० भलामको ¥यालेचौरमा मतदाता भेट्न पुगेका थापालाई मतदाताले आफुहरुको आशा र भरोसा दुवै थापामाथि रहेको भन्दै चेकड्यामको काम गरिदिन आग्रह गरेका हुन् । उनीहरुले आफ्नो मत दिने प्रतिबद्धता व्यक्त गर्दै थापालाई समेत आफ्नो चेक ड्याम निमार्ण गरिदिन आग्रह गरेका हुन् । स्थानीय समस्या बताउँदै उनीहरुले रोए पनि कराएपनि माया गरेपनि थापालाई नै गर्ने बताए ।
मतदाताको समस्या बुझ्दै थापाले त्यहाँ पहिरो नियन्त्रणका लागि आफुले सकेको गर्ने र विजयी भएमा थप योजना पारेर स्थानीयलाई खुसी दिलाउने बाचा गरे । उनले भलाममा रहेका विद्यालयको स्तरोन्नति, सांस्कृतिक क्षेत्रको पहिचान गरि आन्तरिक तथा बाह्य पर्यटकको आगमनका लागि प्रयास गर्ने सुनाए । ‘यो पाँच वर्ष प्रदेशको बाल्यकाल रह्यो । हामी संरचना र नीति निमार्णमै भुल्यौ ।
प्रदेशको जग बसिसक्यो अबको कार्यकाल सम्वृद्धि र विकासका लागि हो’, उनले भने,‘प्रदेशप्रति तपाईँहरुको जे आकांक्षा छ त्यो पुरा गर्छौ ।’ आफ्नो अघिल्लो कार्यकालमा शुसासन र भ्रष्टचार न्युनिकरणका लागि गरेको कामले आफुले जनताको मन जितेकाले यो पटक समेत साथ पाउनेमा आशावादी रहेको सुनाए । बजारबाट नजिक रहेपनि भलाममा अझै विकासका लहर आउने बाकिँ रहेको उनको भनाई रहेको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...