पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको हत्या प्रयास

काठमाडाैं | कात्तिक १७, २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको हत्या प्रयास

 

काठमाडौं ।  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या प्रयास भएको छ। पाकिस्तानमा आयोजित र्यालीमा गोली चल्दा खानसमेत घाइते भएको बीबीसीले जनाएको छ। अन्य ९ जना घाइते भएका छन्।


पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा गोली प्रहार भएको थियो। प्रहरीका अनुसार इमरान खानलाई लाहौर अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य स्थिति स्थिर रहेको बताइएको छ। डाक्टरको विशेष टोलीले इमरान खानको उपचार गरिरहेको स्रोतलाई उद्धृत गर्दै एजेन्सीहरुले उल्लेख गरेका छन्। खानको खुट्टामा गोली लागेको बताइएको छ।

 
उनी सहभागी रहेको आजादीका मार्चुमा बिहीबार एक्कासि गोली चलेको थियो। सरकारविरुद्ध भइरहेको उक्त प्रदर्शनमा इमरान खानको हत्या प्रयास भएको विश्लेषकहरुले दाबी गरेका छन्। 


इमरान खानसँगै सांसद फैसल जावेद र पूर्व गर्भनर इमरान इस्मेलसमेत घाइते भएका छन्। 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्