महासंघको विरोधपछि पत्रकार विजय नेपालीको घटनामा प्रहरीले माग्यो माफी

पाेखरा | कात्तिक १७, २०७९

महासंघको विरोधपछि पत्रकार विजय नेपालीको घटनामा प्रहरीले माग्यो माफी

पोखरा : नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य विजय नेपालीलाई समाचार संकलनको क्रममा प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति महासंघले विरोध जनाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले माफी  मागेको छ । प्रहरी जवानको कमजोर बुझाईका कारण पत्रकार नेपालीमाथि दुर्व्यवहार हुन पुगेको भन्दै आउँदा दिनमा प्रहरीबाट त्यस्तो व्यवहार नदोहोरिने जिप्रका कास्कीले प्रतिबद्धता जनाएको छ । 

 

विहिबार विहान म्यादी प्रहरीसम्बन्धि समाचार संकलन गर्न पोखरा नयाँबजारस्थित प्रदर्शनीकेन्द्र पुगेका नेपालीलाई त्यहाँ रहेका प्रहरी जवानले दुर्व्यवहार गरेका थिए । दुर्व्यवहारपश्चात पत्रकार नेपालीले आफुलाई प्रहरीले समाचार संकलनमा अवरोध गरेको कुरा पत्रकार महासंघलाई जानकारी दिएका थिए । विहिबार पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीसहितको पत्रकारको टोली प्रहरीले गरेको दुर्व्यवहारको घटनामा प्रहरी प्रशासन सच्चिन जरुरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसी समक्ष पुगेका थिए ।

 

दुर्व्यवहारमा परेका पत्रकार नेपाली सहित पुगेको पत्रकार महासंघ कास्कीको टोलीसमक्ष एसपी केसीले बुझाईको समस्याले घटना हुन पुगेको भन्दै नेतृत्वको हिसाबले आफूले माफी  माग्ने बताए । उनले अबका दिनमा पत्रकारहरुलाई सहज र विधिमा रहेर रिपोर्टिंग गर्ने सवालमा आफू मातहतका सबै प्रहरीहरुलाई सम्झाईबुझाई गर्ने वचन दिए । नजिकिँदै गरेको चुनावलाई लक्षित गरेर हामीले धेरै कुराहरु गर्नुछ । र, प्रहरीले पत्रकारसँग सहकार्य गरेरै चुनावलाई अझै बढि परिस्कृत गराउन सकिन्छ भन्ने कुरामा म विश्वस्त छु ।, केसीले भने (प्रेस स्वतन्त्रताको सवालमा हामी सचेत छौँ र मातहतका सबै तहका प्रहरीहरुलाई हामीले त्यसबारेमा परामर्श पनि दिनेछौँ ।

 

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले प्रहरी प्रशासनले पत्रकारहरुलाई हेर्ने गलत नजरकै कारण यस्तो घटना हुने गरेको बताउँदै पत्रकारिताप्रति प्रहरीको सोँच फेरिन जरुरी रहेको बताईन् । साथै उनले कुनै पनि वहानामा पत्रकार माथिको धरपकड पत्रकार महासंघका लागि सह्य नभएको प्रस्ट पारिन् । चुनावको बेला छ । पत्रकारहरु पनि यो समयमा रिपोर्टिंगका लागि धेरै ठाऊँमा पुग्नुपर्ने हुन्छ । तर रिपोर्टिंगको बेलामा प्रशासनको व्यवहार रुखो हुँदै आएको विगतका ईतिहास पनि छन् । त्यसैले प्रहरी र प्रशासन यो सवालमा सच्चिन जरुरी छ । भण्डारीले भनिन् ,यदि प्रहरीले पत्रकारलाई पेशागत कारणले नै फरक व्यवहार देखाउने हो भने हामी पनि संगठित रुपमा फरक तरिकाले सोँच्नुपर्ने हुनसक्छ ।

 

दुर्व्यवहारमा परेका पत्रकार विजय नेपालीका अनुसार उनी रिपोर्टिंगको क्रममा म्यादी प्रहरीहरुको कार्यक्रममा पुगेर फोटो लिँदा त्यहाँ रहेका प्रहरीले उनलाई जबरजस्ती फोटो डिलिट गर्न लगाई जबरजस्ती कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए । म पत्रकार हुँ, मैले समाचारको लागि फोटो खिचेको हुँ भन्दा पनि मलाई रिसाइकल बिनबाट समेत जबरजस्ती फोटो हटाउन लगाईयो । नेपालीले भने , त्यसपछि मलाई दुर्व्यवहारपुर्ण तरिकाले कार्यक्रमस्थलबाट निकालियो । जिल्ला प्रहरी कार्यालयमा पत्रकार महासंघको अगुवाईमा भएको छलफलपछि भने मलाई केही राहत महशुस भएको छ । पत्रकार महासंघलाई धन्यबाद दिँदै उनले आफूलाई दुर्व्यवहार गरेपनि यस्तै घटना अब दोहोरिन नहुने बताए । 

 

विहिबार भएको छलफलमा पत्रकार महासंघ गण्डकीका महासचिव गोबिन्द सुवेदी, पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष बद्रिविनोद प्रतिक, रामकृष्ण ज्ञवाली, दीपेन्द्र श्रेष्ठ लगाएतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्नको लागि सबैलाई आग्रह गर्नुभएको छ । मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शु...

थप पढ्नुहोस्

बागलुङ:    बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राती परेको चट्याङ लागेर ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय खमबहादुर पुनको मृत्यु  भएको हो ।  घरमै बसिरह...

थप पढ्नुहोस्

काठमाडौं:     हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भागमा आंश...

थप पढ्नुहोस्