दीपक मनाङ्गेलाई स्पष्टीकरण
काठमाडाैं | कात्तिक १३, २०७९

काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं मनाङ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार राजिव गुरुङ (दीपक मनाङ्गे)लाई स्पष्टीकरण सोधेको छ।
उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा अभिव्यक्ति र श्रव्यदृश्य सामग्री आयोगमा आएसँगै स्पष्टीकरण सोधिएको हो।
जुन अहिले निर्वाचन आयोगले ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ‘‘३० लाखमा नेपालमा चुनाव जित्छ यार‘‘मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ भनी दिएको अभिव्यक्ति र श्रव्यदृश्य सामग्री प्राप्त भएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
पोखरा: हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कार यस वर्ष पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको छ । समाजि...
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...