दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी
काठमाडाैं | कात्तिक १३, २०७९
काठमाडौं : आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आठवटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ ।
निर्वाचन आयोगले मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री ढुवानी गरिरहेको छ । निर्वाचनका लागि ५७ प्रकारका सबै सामग्री आयोगबाट नियमित ढुवानी भइरहेको छ । यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिम प्रदेशको बाजुरामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन केही सामग्री पठाइसकिएको आयोगले जनाएको छ । यद्यपि ती जिल्लामा सबै सामग्री ढुवानी हुन बाँकी रहेको छ ।
पोखरा: लेखनाथको भण्ढारढिकमा ६ वर्षपछि आयोजना हुन लागेको २५ औं सस्करणको आदर्श कपको सम्पूर्ण तयारी पुरा भएको छ । आदर्श युवा क्लबले पोखरामा आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गर्दै सम्...
काठमाडौँ: नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क...
काठमाडौं जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सले दिएको १ सय ५० को लक्ष्यलाई काठमाडौं गुर्खाजले पछ्याएको छ । आजको पहिलो खेलमा कर्णालीले काठमाडौंलाई १ सय ५० रनको प्रतिस्पर्ध...