भतिजाले प्रहार गरेको खुकुरीले लागेर खोटाङमा काकाको मृत्यु
काठमाडाैं | कात्तिक १२, २०७९
सांकेतिक तस्बिर
खोटाङ : खुकुरी प्रहारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित हाँबुका ५९ वर्षीय मानबहादुर राईको मृत्यु भएको छ । घरायसी विवादका क्रममा ४३ वर्षीय भतिजा पत्थरमान राईले आज प्रहार गरेको खुकुरीले काका मानबहादुरको गर्दनमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
मादक पदार्थले मातेर काकालाई खुकुरी प्रहार गर्ने पत्थरमानलाई पक्राउ गरी कानुनी कारबाही सुुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो । घटनापछि पत्थरमानले काका मानबहादुरलाई खुकुरी प्रहार गरेर हत्या गरेको भन्दै रगताम्मे भएको खुकुरी बोकेर आफन्तलाई सुनाउँदै हिँडेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
मृतक काका र भतिजाको आँगन एउटै छ । घटना भने भतिजा पत्थरमानको घरको सिकुवामा भएको स्थानीय बासिन्दा एवं राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष सुरेशकुमार राईले बताउनुभयो । परिवारका सदस्य बाहिर रहेका मृतक मानबहादुर घरमा एक्लै बस्दै आएका थिए । एक्लै भएको समयमा हत्या गरिएका मानबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगेर राखिएको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

