छठपर्वका लागि सिङ्गारिए भक्तपुरका पोखरी र खोला
भक्तपुर | कात्तिक १२, २०७९

भक्तपुर : सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा छठपर्व मनाउन भक्तपुरका पोखरी एवं खोला सिङ्गारिएका छन् ।
छठपर्वको तयारीमा भक्तपुरका पोखरी र खोला सिङ्गारिएका हुन् । तराईबाट स्थायी तथा अस्थायीरूपमा भक्तपुरमा बसाइँ सरेर आएकाले भक्तपुरमा छठपर्व मनाउन पोखरी सिङ्गारेको कमलविनायक निवासी आत्मराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले छठपर्वका लागि यहाँका स्थानीय बासिन्दाले सघाउने गरेको बताउनुभयो ।
छठपर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्य र सोमबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवतरूपमा समापन हुने छठपर्वका लागि भक्तपुर र मध्यपुरथिमिका पोखरी तथा मनोहरा खोला सिङ्गारिएका हुन् ।
सूर्यलाई अघ्र्य दिन भक्तपुरको कमलविनायकस्थित कमलपोखरी, हनुमानघाटका त्रिवेणीको जलाशयको किनार, मध्यपुरथिमिको विष्णु कुण्ड र मनोहरा खोला किनारा सिङ्गारिएका पर्वको तयारीमा जुटेका सप्तरी स्थायी घर भई भक्तपुर व्यापार गरी बस्दै आएका यवती यादवले बताउनुभयो ।
तराईका बासिन्दाले यो पर्व मनाउने भए पनि पहाड एवं भक्तपुरका बासिन्दाले समेत छठपर्वलाई सहयोग गर्दै आएका छन् । छठको रौनकताले यहाँका पोखरी एवं खोला झिलीमिली भएका छन् ।
चितवन: जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीह...
गलकोट: बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियाम...
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...