साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनको आग्रह
काठमाडाैं | कात्तिक ११, २०७९

काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ ।
गठबन्धनमा आबद्ध दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरिएको छ ।
प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्तरुपमा जारी गर्नुभएको विज्ञप्तिमा केही स्थानमा देखिएको विवादलाई पनि छलफलका माध्यमबाट निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस्तै गठबन्धनका तर्फबाट सहमतिका उम्मेदवारको सूची पनि सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । केही स्थानमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ । ती स्थानमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएका विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं: संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट पुन: सक्रिय ...
गलकोट: बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले आम उपभोक्तालाई लिफ्टमार्फत पानी वितरण गर्दा मासिक रु पाँच लाख विद्युत् महसुल तिर्दै आएको छ । अधूरो लिफ्ट आयोजनाबाट खानेपानीको सङ्कट टार्नका ला...
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । बिहीबार दिउँसो सुदूरपश्चिम प्रदेशल...