निर्वाचनमा निष्पक्ष पत्रकारितामा जोड
पाेखरा | कात्तिक ५, २०७९

पोखरा : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी तीव्र छ । निर्वाचनको समयमा भ्रामक, दुष्प्रचार तथा द्धेष फैलाउने किसिमका समाचार आइरहेका हुन्छन् ।
त्यसैले निर्वाचनमा निष्पक्ष भएर पत्रकारिता गर्न सचेत गराउने उद्धेश्यले मिडिया एक्शन नेपालले देशका सात वटै प्रदेशमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारका लागि निर्वाचनमा निष्पक्ष रिपोर्टिङ तथा दुस्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथाम विषयक कार्यशालाको आयोजना ग¥यो ।
विभिन्न चरणमा असोज १२ देखि सुरु भएको एक दिने प्रदेशस्तरीय कार्यशालाको अन्तिम दिन शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न भएको छ । कार्यशालाका सहजकर्ता तथा मिडिया एक्शन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले पत्रकारले विशेषत् निर्वाचनको समयमा समाचारको तथ्य जाँच पटक पटक गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचनका बेला उम्मेदवार तथा राजनीतिक दलहरुले पत्रकारलाई माध्यम बनाएर आफ्नो प्रचारप्रसार गर्नसक्ने भएकाले पत्रकार अझ बढी चनाखो बन्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले निर्वाचनको समयमा पत्रकार कुनै प्रलोभनमा नपरी सत्य समाचार बाहिर ल्याउनुपर्ने बताइन् । अहिलेसम्मको निर्वाचनमा गण्डकी प्रदेशमा अमर्यादित तथा भ्रामक किसिमका समाचार सम्प्रेषण कमै हुने गरेको दाबी गर्दै उनले पत्रकारिताको आचारसंहिता भित्र रहनुपर्नेमा सचेत गराइन् ।
मिडिया एक्शन नेपालका सचिव गनेश घिमिरेले पत्रकारले मानवअधिकारको मुद्धामा संवेदनशील र सन्तुलित भएर रिपोर्टिङ गर्नुपर्ने बताए । यस्तै कार्यशालाका सहजकर्ता मानवअधिकार विशेषज्ञ सन्तोष क्षेत्रीले डिजिटलाइज्ड समयमा पत्रकारका कारण दुष्प्रचार तथा द्धेष सजिलोसंग फैलन सक्ने जोखिम भएकाले शब्द चयन तथा समाचारको दृष्टिकोणमा संवेदनशील हुन पत्रकारलाई आग्रह गरे ।
सहभागि पत्रकार सुमन गुरुङले निर्वाचनमा राजनीतिक दल र भोटमात्र नभइ निर्वाचनका अन्य मुद्धामा पनि लेख्ने बताउदैं निष्पक्ष रिपोर्टिङ गर्ने प्रतिबद्धता जनाए । यस्तै रिना थापाले कार्यशाला फलदायी भएको भन्दै दुष्प्रचार हुनसक्ने जोखिमबाट सचेत भइ रिपोर्टिङ गर्ने बताइन् । कार्यशालामा २० जना पत्रकारको उपस्थिति रहेको थियो ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...