सुनगाभाकर्मी गाहामगरलाई स्क्वासमा पदक

पाेखरा | कात्तिक ४, २०७९

सुनगाभाकर्मी गाहामगरलाई स्क्वासमा पदक

पोखरा:

पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा लुम्बिनी प्रदेशको तर्फबाट सुनगाभा न्यूजकर्मी अर्जुन गाहामगर (सुशान्त) ले कास्य पदक जितेका छन् ।

 

रंगशलास्थित एसआरए स्क्वास कोर्टमा बुधबार भएको खेलमा लुम्बिनी प्रदेशका गाहामगरले प्रदेश नम्बर १ का धनबहादर घलेलाई ३–० को सोझो सेटमा पराजित गर्दै लुम्बिनी प्रदेशको तर्फबाट टिम इभेन्ट तर्फ कास्य पदक जितेका हुन् ।

 

गाहामगरले अनुभवी खेलाडी धन बहादुर घलेलाई पहलिो सेट १४–१२ को अंकसहित सँघर्षपूर्ण जित निकाले ।

 

दोस्रो सेटमा गाहामगरले खेललाई सुधार्दै ११–८ मा र अन्तिम सेट ११–६ मा पराजित गर्दै लुम्बिनी प्रदेशलाई टिम इभेन्टतर्फ कास्य पदक दिलाएका हुन् ।

 

कास्य जितेका गाहामगर एबिसी टेलिभिजनका पोखरा संवाददाता समेत हुन् ।

 

सो खेल अघि लुम्बिनीकै ज्ञानु बहादुर चौधरीले प्रदेश नम्बर १ का योगेन्द्र लिम्बुलाई ३–० को सोझो सेटमा पराजित गरेका थिए ।

 

लुम्बिनी प्रदेशको खेलाडीहरुमा ज्ञानुबहादर चौधरी र गाहामगरसँगै सुदिप सिं रहेका थिए । उक्त खेलमा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमती प्रदेशबाट ७ जना महिला र २५ जना पुरुष गरि कुल ३२ जना राष्ट्रिय खेलाडीको सहभागिता रहेको थियो ।

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्