बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना हुँदा ३० जना घाइते

काठमाडाैं | बैशाख २९, २०७९

बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना हुँदा ३० जना घाइते तस्बिरः सुवास नेपाली

डोटी- डोटीमा बस दुर्घटना हुँदा ३० जना घाईते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुराका लागि छुटेको सु.प.प्र. ०१००१ ख ३१०८ नम्बरको बस जिल्लाको पुर्बिचौकी गाउँपालिका ४ सानागाँउमा दुर्घटनामा परेको हो ।

 

सानागाँउ प्रहरी चौकी नजिक बस दुर्घटना हुँदा कम्तीमा ३० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । बस सडकबाट करिब ३०-४० मिटर तल खसेको छ ।

 

दुर्घटनामा घाइते भएकाहरुको नेपाली सेना प्राथमिक उपचारसहित खटिएको निर्वाचन सुरक्षा टोलि, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्दार गरेको छ ।

 

घाइतेहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको भैरवप्रसाद गणको सह सेनानी सौरभ चौधरीले जानकारी दिनुभयो ।

 

घाइतेहरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहेकाो र गम्भिर घाइतेहरूलाई उपचारका लागी जिल्ला अस्पताल डोटीमा ल्याइएको छ ।-

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्