प्रधानमन्त्रीद्धारा जसपाका चार मन्त्री पदमुक्त
काठमाडाैं | असोज २७, २०७९
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई पदमुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी, भौतिक पूर्वाधार तथा यातायात र वन तथा वातावरण मन्त्रीलाई पदमुक्त गर्नुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा उहाँहरुले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोक्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । वर्तमान मन्त्रिपरिषद् २०७८ असार २९ गते गठन भई विभिन्न मितिमा हेरफेर तथा कार्यविभाजन भएको थियो ।
मौजुदा मन्त्रिपरिषद्मा सामान्य प्रशासनमन्त्रीमा राजेन्द्रप्रसाद श्रेष्ठ, कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव हुनुहुन्थ्यो । यस्तै राष्ट्रपतिले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी तोक्नु भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

