प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध उजुरी
काठमाडाैं | असोज २४, २०७९
तस्बिर फाइल
काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि बीपी कांग्रेसका उम्मेदवार कर्ण मल्लले देउवाको नामांकन जन्म मितिमा एउटा र मतदाता नामावालीमा अर्कै भएको भन्दै मुख्य निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।
प्रधानमन्त्री देउवाको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख छ ।
प्रमुख निर्वाचन अधिकृत वालकृष्ण वाग्लेले उजुरी परेको पुष्टी गर्दै भने, ‘यस विषयमा कानुन वमोजिम मंगलबारसम्म निर्णय लिइने छ’ ।
ऐन कानुन अनुसार आवश्यक छानबिन गरिने पनि प्रमुख निर्वाचन अधिकृतले जानकारी दिए । आइतबार प्रधानमन्त्रीपत्नी तथा कांग्रेस नेता आरजु देउवा वारेस भएर देउवाको उम्मेदवारी दर्ता गराएकी थिइन् ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

