कास्की निर्वाचनः एमालेमा बाँस्तोला र कांग्रेसमा गुरुङ बने 'बागी'

पाेखरा | असोज २४, २०७९

कास्की निर्वाचनः एमालेमा बाँस्तोला र कांग्रेसमा गुरुङ बने 'बागी'

नेकपा एमालेका कास्कीमा युवा नेताको छवि बनाएका जगन्नाथ बाँस्तोलाले प्रतिनिधिसभा र प्रदेश कतैपनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

 

क्षेत्र नम्बर ३ बाट टिकटका आकांक्षी रहेका बाँस्तोलाको नाम केन्द्रमा सिफारिश भएपनि अन्तिममा टिकट नपाएपछि स्वतन्त्रकारुपमा बागी उठेका हुन् । 

 

यस क्षेत्रबाट पार्टीले दामोदर वैरागीलाई टिकट दिएको छ । 

 

त्यस्तै, नेपाली कांग्रेस कास्कीमा हक्की नेताका छवि बनाएका पुराना नेता महादेव गुरुङले पनि आफुलाई बागीमा दर्ता गराएका छन् । 

 

टिकटका आकांक्षी रहेका गुरुङले क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका हुन् । यस क्षेत्रमा गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले टिकट पाएका छन् । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्