खानीखोलामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

काभ्रेपलाञ्चोक | असोज १५, २०७९

खानीखोलामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

काभ्रेपलाञ्चोक ।

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–१ मा बोलेरो दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ ।

 

डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा५ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका–१ र बेथानचोक गाउँपालिका–६ को सिमाना गैरीभञ्ज्याङमा आज बिहान दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मृत्यु हुनेमा खानीखोला गाउँपालिका–४ का २५ वर्षीय दिपेश जिम्बा रहेका छन् ।

 

जिम्बाको शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

 

सो घटनामा परी घाइते भएका चार जनामध्ये दुई जनाको धुलिखेल अस्पताल धुलिखेलमा र दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

 

घाइतेमध्ये धुलिखेल अस्पतालमा उपचार भइरहेको एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले गाउँबाट दसैँको लागि खसीबोका बेच्न ल्याउने क्रममा गाडी दुर्घटनामा परेको बताउनुभयो ।

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्