दुर्घटना रोक्न मुग्लिङ- नारायणघाट सडकखण्डमा ‘टाइम कार्ड’ लागु
काठमाडाैं | असोज १४, २०७९
चाडपर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरणको उद्देश्यका साथ बागमती प्रदेशका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागु गरिएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार चाडपर्वका बेला सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तीब्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उलंघन समेत बढ्न गई दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागु गरिएको हो ।
बिपी राजमार्गस्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिले देखिनै टाइम कार्ड लागु भएकोमा मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई आजदेखि नियम लागु गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
यस्तै मुग्लिङ नारायणगढ खण्ड, पूर्व पश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र विपि राजमार्गको मंगलटारदेखि काभ्रेमञ्ज्याङ सम्म पनि टाइम कार्ड लागु गरिएको छ ।
पोखरा: जापानको नायोरो नगरका उपप्रमुख सहितको प्रतिनिधिमण्डललाई शुक्रबार पोखरा पोखरा बृद्धाश्रममा स्वागत गरिएको छ । नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतो, नायोरोका समाजकल्याण शाखा प्र...
कास्की: पृथ्वीराजमार्ग शनिबारदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक स...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यकताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको ७५औ...

