पोखरा बन्जी नेपाललाई मन्त्रालयको सम्मान
पाेखरा | असोज १३, २०७९
पोखरा : संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्व पर्यटन दिवसको अवसरमा पोखराको बन्जी नेपाललाई सम्मन गरेको छ ।
मन्त्रालयका सचिव सुरेश अधिकारीले काठमाडौंमा आयोजित एक कार्यक्रममा बन्जी नेपालका अध्यक्ष सन्तोष भट्टराईलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए ।
नेपालको साहसिक खेल पर्यटनमा उल्लेखनिय योगदान पु¥याएको भन्दै बन्जी नेपाललाई सम्मान गरेको हो । गत सालबाट सन्चालनमा आएको बहुराष्ट्रिय कम्पनीबाट फ्रेन्चाइज लिएको बन्जी नेपालले छोटो समयमा नै चर्चा कमाउन सफल भएको छ । पोखरा महानगरपालिका–१७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा)मा बन्जी नेपाल सञ्चालित छ ।
बन्जी नेपालका अध्यक्ष भट्टराई तनहुँको शुक्लागण्डकी–११ राइपुरमा जन्मिएका हुन् । मध्यम परिवारमा जन्मिएका उनी अन्तराष्ट्रिय जम्पमास्टर हुन् । उनले साहसिक खेल नेपाल भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । नेपालमा बञ्जी सम्बन्धी निति नियम निर्माणमा समेत सरकारलाई सहयोग गरेका उनी मकाउ, इन्डोनेसीया, जापान, रसिया लगायतका देशमा एक दशक बढि साहसिक खेलमा अनुभवी बटुलेका छन् । सोहि अनुभव नेपालमा उपयोग गरेका हुन् ।
सम्मानले थप राम्रो काम गर्न हौसला मिलेको बन्जी नेपालका अध्यक्ष भट्टराईले बताए । पर्यटकीय, धार्मिक र ऐतिहासिक रुपमा प्रशस्त सम्भावना रहेको शुक्लागण्डकीमा समेत साहसिक खेल भित्र्यान स्थानीय सरकारले चासो र पहल गर्नुपर्नेमा उनले जोड दिए ।
पोखरा । पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ । रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...
नागढुंगा-सिस्नेरी सुरूङमार्ग उद्घाटन भएको छ। आइतबार बिहान विशेष समारोह गरी नेपालकै पहिलो आधुनिक सुरूङमार्ग उद्घाटन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजद...
कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीयवासीको सहयोगमा घट...

