डडेल्धुरामा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान
डडेल्धुरा | असोज १२, २०७९

डडेल्धुरा: डेङ्गी रोगका बिरामी बढ्न थालेसँगै पछि लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेङ्गीका बिरामी बढ्दै गएपछि जिल्लामा सो अभियान थालिएको हो ।
स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा मङ्गलबारदेखि अभियान थालिएको हो । लामखुट्टेले ‘अण्डा’ पार्न सक्ने सम्भावित स्थानहरू पानी जम्ने ठाउँको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको कार्यालयका प्रमुख केशरबहादुर साउँदले जानकारी दिनुभयो ।
अभियानका क्रममा पानी जम्ने वस्तु हटाइएको छ । जिल्लामा अहिले डेङ्गी सङ्क्रमित ३० बिरामी उपचार गरिरहेका छन् । तीमध्ये १६ अमरगढी नगरपालिकाका छन् ।
डेङ्गी नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सर्वसधारणलाई समेत सुझाव दिइएको छ ।
विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा लामखुट्टे फूल पार्ने गरेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख साउदले बताउनुभयो । सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको अमरगढी नगरपालिका आसपासका क्षेत्रमा सरसफाइका साथै पानी जम्ने ठाउँमा लार्भा नष्ट गर्ने अभियान थालनी गरिएको जनाइएको छ ।
विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गीको सङ्क्रमण फैलिने गरेको स्वास्थ्य कार्यालयका ‘भेक्टर कन्ट्रोल’ निरीक्षक हरिप्रसाद भट्टले बताउनुभयो ।
उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गीका लक्षण हुन् । जटिल प्रकृतिको डेङ्गीको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखापर्ने गरेको उहाँको भनाइ छ ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...