पोखराको रामघाटमा सेतीगण्डकी महाआरती

पाेखरा | असोज ९, २०७९

पोखराको रामघाटमा सेतीगण्डकी महाआरती

पोखरा  : सांस्कृतिक युवा मञ्च नेपालद्वारा रामघाटमा प्रत्येक महिनाको शनिबार माता सेतीगण्डकी दिव्य महाआरती सञ्चालन गर्दै आएको छ । बालुवा बोकेर दैनिकी चलाउने मजदुर र शव दाहसंस्कार गर्नेहरूले व्यस्त देखिने पोखराको मध्यभागमा अवस्थित उक्त घाटमा प्रत्येक शनिबार पितृ उद्धार एवं सुख, शान्तिको कामनासहित सन्ध्या महाआरती सञ्चालन गरिँदै आएको छ ।

 

तीन जना पण्डितद्वारा गरिने गरिने सन्ध्याआरतीमा विशेषगरी धुप, घ्यू, ल्वाङदानी, कपुर, फूलपाती, मयुर पङ्ख, सेतो चमर, अलैँचीदाना, लाछीघागोलगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने सांस्कृतिक युवा मञ्च नेपालका अध्यक्ष रामकृष्ण अर्यालले जानकारी दिनुभयो ।

 

सङ्गीतमयरूपमा शङ्ख उद्घोषबाट सुरु र अन्त्य गरिने आरतीमा ५४ वटा बत्ती रहने बताउँदै उहाँले भन्नुभयो, साँझमा सञ्चालन गरिने आरतीमा दिनप्रतिदिन भक्तजनहरूको सहभागिता बढ्दै गएको छ ।

 

समाजसेवी रामप्रसाद बतास र श्रीमती सेतीमाया बतासद्वारा पितृ उद्धारका लागि दुई लाख ५० हजारको आर्थिक सहयोगबाट आरती सञ्चालन हुँदै आएको उहाँको भनाइ छ । प्रतिदिन आरती सञ्चालनमा रु आठ हजार खर्च हुने गरेको छ । जेष्ठ नागरिक सरोकार समाज नेपालका अध्यक्ष तथा मञ्चका सल्लाहकार भक्तराज श्रेष्ठका अनुसार दिनभरिको तनाव मुक्तिका लागि आरती महत्वपूर्ण आधार बन्ने गरेको बताउँदै यस्ता गतिविधिले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्दछ ।

 

पशुपतिनाथको महाआरतीको झझल्को दिने गरी सुगन्ध र सङ्गीतमयरूपमा सञ्चालन हुने आरती विसं २०७५ असोज २४ घटस्थापनका दिनदेखि पोखरामा भित्रिएको हो । पहिलोपटक फेवातालको किनारास्थित तालबाराहीघाटबाट सुरु भएको आरती पछिल्लो समय रामघाटसहित प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासी मन्दिर, गुप्तेश्वर गुफा, सदाशिव हरिहर मन्दिर, नर्वदेश्वर मन्दिर, बेगनासताललगायत विभिन्न धार्मिक क्षेत्रमा सञ्चालन गरिसकिएको छ । 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्