नारायण गौतम(पापा बा)का कविता सङ्ग्रह ‘सृष्टिको मेरुदण्ड’ प्रकाशित
ललितपुर | असोज २, २०७९
ललितपुर :
‘सक्नेछन् रचना बिलाउन त्यसै बाटो नपाएपछि
केको हुर्कन सक्छ स्वच्छ बिरुवा माटो नपाए पछि’
स्व कवि नारायण गौतम(पापा बा)का कविता सङ्ग्रह ‘सृष्टिको मेरुदण्ड’ बजारमा आएको छ । प्रस्तुत कविता सङ्ग्रहमा रहेका ७९ कवितामा स्पष्ट भाव, सकारात्मक सन्देश, समाजका विकृतिमाथि प्रहार, राष्ट्र प्रेम, प्रकृतिमाथिको सुन्दर प्रस्तुती, मानवीय संवेदना र वात्सल्य प्रेम झल्किएको छ ।
उल्लेखित कवितामध्ये दशवटा मन्दाक्रान्ता, छ वटा वसन्ततिलका, पाँचवटा अनुष्टुप, छ वटा उपजाति र एउटा इन्द्रबज्रा छन्दका रहेका छन् । यसैगरी दुईवटा गीत पनि समावेश गरिएका छन् ।
सरकारी सेवा, प्राध्यान र सामाजिक सेवामा जीवन बिताउनुभएका श्रीमहालक्ष्मी नगरपालिकाको लामाटार निवासी उहाँका कविता विभिन्न साहित्यिक पत्रिकामा छापिएका छन् । कवि गौतमको निधन विसं २०५७ साउन २१ गते भएको थियो । श्रीमती भगवती गौतमले प्रकाशित गर्नुभएको उक्त कविता सङ्ग्रह १०२ पृष्ठको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

