एक हप्तादेखि किशोर बेपत्ता
रुकुम पूर्व | भदौ २६, २०७९
रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका एक किशोर बेपत्ता भएका छन् । वडा नं १२ गर्खानीका १६ वर्षीय किशोर विज्ञान पुन एक हप्ता यता बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ । मानसिक सन्तुलन ठिक नभएका विज्ञान एक हप्तायता सम्पर्कविहीन भएको विज्ञानका बुवा जगत्प्रसाद पुनले बताउनुभयो ।
परिवारका अन्य सदस्य काममा गएका बेला किशोर घरबाटै हराएको र प्रहरीको सहयोगमा खोजीनीति गर्दा पनि अहिलेसम्म फोला पार्न नसकिएको किशोरका बुवाले बताउनुभयो । पहिले राम्रै ती किशोरको विगत एक वर्षयता मानसिक सन्तुलन ठिक नभएको परिवारले बताएको छ ।
ती किशोरलाई आसपासका गाउँमा खोज्दा पनि नभेटेपछि परिवारले सबैलाई खोजीदिन आग्रह गरेका छन् । परिवारले किशोरलाई आसपासमा कसैले भेटे प्रहरी चौकीमा र परिवारको नमोबाइल नं ९८४११०३८६८ र ९८६६९६६४२० मा सम्पर्क गर्न आग्रह गरेका छन् ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

