बजारीकरण र प्रवद्र्धन हाम्रो लक्ष्यः पण्डित
पाेखरा | भदौ २२, २०७९

पोखरा : पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुने ३४ औँ महाधिवेशनका लागि दुई प्यानल घरदैलो अभियानमा व्यस्त छन् ।
दुबै प्यानलले चुनाव जित्ने घोषणापत्र सहित व्यवसायीहरुको घरघरमा गएर आफुलाई विजयी गराउन भोट अपिल गरिरहेका छन् ।
यसै सन्दर्भमा सुनगाभा न्यूजले पवन प्रजापति प्यानलबाट उपाध्यक्ष (उद्योग) पदका उम्मेदवार हिरामणि पण्डितलाई सोधेको ५ प्रश्न :
प्रजापति प्यानल नै किन ?
पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुने ३४ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार पवन प्रजापति पदाधिकारीमा पुराना व्यवसायी भएकाले उनको प्यानलबाट उद्योगतर्फ उम्मेदवारी दिएको हुँ ।
प्रजापति साधारण सदस्य, कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष रहेको र हाल वरिष्ठ उपाध्यक्ष भएकाले स्वतः अध्यक्षको दाबेदार हुन् । प्रजापति पोखराका व्यवसायीहरुका लागि चिनिएको र पुराना व्यवसायी भएको र पोखरामा उद्योगी व्यवसायीहरुको खडेरी पर्दै गएकाले यसको उत्थान गर्न आफुले प्रजापति प्यानल रोजेको हुँ ।
-पोखरा उद्योग वाणिज्य निर्वाचनमा ग्रुपिज्म बढेको हो ?
विगतका निर्वाचनमा पनि दुुई प्यानल नै थिए अहिले पनि प्यानल हुनु स्वभाविक नै हो ।
मतदाता भगवान हुुन् २५ गते निर्वाचन हुन्छ भगवानले जसलाई पनि जिताउन सक्छन् । २६गतेबाट व्यवसायीहरुको लागि काम गर्ने हो त्यसैले ग्रुपिज्म भन्ने हराएर जानेछ ।
-एजेण्डाहरु केके छन् ?
पवन प्रजापति प्यानलले ३४ महाधिवेशनमा प्यानल घोषणा गरेर १७ बुँदे प्रतिबद्धतापत्र सहित व्यवसायीहरुको घरदैलो अभियानलाई तिव्रता दिएको छ ।
प्रतिबद्धतापत्रमा व्यावसायीक वातावरण निर्माण र उद्योगी–व्यवसायीको सम्मान अभिबृद्धि गर्नु पहिलो प्राथकिमतामा उल्लेख गरिएको छ ।
व्यावसायीक डाटा बैंक तथा प्रवद्र्धन केन्द्र स्थापना गर्ने, रुग्ण उद्योग र नोक्सानमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवश्यक तथ्यांक उपलव्ध गराईने र नवप्रवद्र्धन तथा महिला उद्यमशीलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवद्र्धनमा सघाउने प्यानलको प्रतिबद्धता छ ।
-जित्ने आधारहरु के-के छन् ?
पवन प्रजापति पोखराका व्यवसायीहरुका लागि पुराना व्यवसायीको रुपमा अगाडी सारेका छौँ । पदाधिकारीमा हेरौँ भने उहाँले विभिन्न समितिमा सफतापुर्वक आफ्नो भुमिका निर्वाह गरेकाले हामी प्यानलै विजय हुन्छौं ।
प्रजापति प्राकृतिक नियम अनुसार नै अध्यक्ष पदका दावेदार हुुन् त्यसैले वरिष्ठ उपाध्यक्ष पछि अध्यक्षकारुपमा हामीले उहाँलाई अगाडी बढाएकाले हामीले चुनाव जित्छौँ ।
-मतदातालाई केही भन्नु छ ?
पवन प्रजापति पोखरा उद्योग वाणिज्य संघको पदाधिकारीमा पुराना र पोखराका व्यवसायीहरुको लागि पनि पुराना व्यवसायी भएकाले यस प्रजापति प्यानललाई अत्यधिक मतले विजयी बनाउन अनुरोध गर्दछु ।
पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नजीत जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाण्डौकी सारा पन्तले दुई स्वर्ण जितेका छन् । दर्शिलले १६ वर्ष मुनिको ब्वाइज सिंगल र ब्वाइज डबल्सतर्फको...
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुका लागि अदालती रिपोर्टिङ सम्बन्धी तालिम दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा पत्रकारको क्षमता वि...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बुुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिनुभएको छ । लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध स...