लाईन काटेर महसुल असुली
कञ्चनपुर | भदौ २२, २०७९
कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कञ्चनपुरले आर्थिक वर्षमा महसुल नतिर्ने ग्राहकको लाइन काटेर रु दुई करोड ६५ लाख ५५ हजार सात सय ४८ असुलउपर गरेको छ ।
कञ्चनपुर वितरण केन्द्रका प्रमुख सञ्जीव साहले आर्थिक वर्ष २०७८/७९ मा विद्युत् महसुल नबुझाएका नौ सय ७८ ग्राहकको विद्युत्को लाइनसमेत काटिएको बताउनुभयो । रु चार करोड ८४ लाख ८३ हजार नौ सय ९७ मूल्य बराबरको ग्राहकबाट असुुल गर्न बाँकी रहेकोमध्ये विद्युत् लाइन पुन: जडान गरिएबापत अहिले तत्काल रु दुई करोड ६५ लाख ५५ हजार सात सय ४८ सङ्कलन गरेको केन्द्र प्रमुख साहले जानकारी दिनुभयो । छ सय २५ जना ग्राहकले उक्त रकम बराबरको महसुल तिरेको उहाँले बताउनुभयो ।
कञ्चनपुर वितरण केन्द्रको औसत सङ्कलन पनि ९९.९ प्रतिशत रहेको बताउँदै बितेको आर्थिक वर्षमा विद्युत् चुहावट गर्ने दुई सय ८१ जनालाई कार्वाहीसमेत गरिएको प्रमुख साहले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् चुहावट गर्ने क्रममा ४२ जनालाई कारबाही गरिएको छ ।” चुहावटबाट रु २० लाख ८४ हजार चार सय ९३ असुल गरिएको हो । आर्थिक वर्ष २०७७/७८मा औसत २६ प्रतिशत घटी रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा २४.०३ प्रतिशतमा झारिएको साहले दाबी गर्नुभयो ।कञ्चनपुर वितरण केन्द्र अन्तर्गत २२ प्रतिशत ग्राहकले अनलाईनमार्फत भुक्तानी गरेका छनु । इन्टरनेटको पहुुँचमा हुने ग्राहकलाई अनलाईनमार्फत भुक्तानी गर्न आग्रह गरिएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

