जातीय विभेद सहन नसकेर एक महिना गयल भएः कार्यपालिका सदस्य नेपाली
पाेखरा | भदौ २२, २०७९
सांकेतिक तस्बिर
पोखरा : पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य मन्दिरा नेपालीले वडामै ‘दलित’ भनेर विभेद गर्न खोज्दा अघिल्लो कार्यकालमा केही महिना कार्यालय नगएकोमा पछुतो मानेकी छिन् ।
दलित महिला संघ (फेडो), कास्कीले आयोजना गरेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनबारे राजनीतिक दलका नेता, निर्वाचन कार्यालय, नागरिक समाज र संचार माध्यमसँगको संवाद कार्यक्रममा उनले यस्तो धारणा राखिन् ।
महानगरमा पाँच वर्षको अनुभव र अहिले पुनः निर्वाचित भएर जनताको सेवामा लाग्दाको अनुभव सुनाउने क्रममा नेपालीले कोटा र आरक्षणकाकारण विभेद गर्न खोजेको दुखेसो पोखिन् । ‘वडामा दलितहरुलाई कोटा पुर्याउन आरक्षणबाट ल्याएको भन्दै विभेद गर्न खोजे’ उनले भनिन् ‘सोही कारण केही महिना वडा कार्यालय नगएकोमा अहिले पछुतो लागेको छ ।’
सँगै निर्वाचित भएका साथीहरुलेसमेत वडामा कोटा पुर्याउन आरक्षणबाट आएको भन्ने हिसाबले अप्रत्यक्षरुपमा कुरा गरेको उनले सुनाइन् । ‘विभेदको सामना गर्दै जनताको काममा लागिरहँदा आरक्षणबाट आएर पनि मैले प्रमाणित गरेर देखाए’ नेपालीले गर्वसाथ भनिन् ।

त्यस्तै, पोखरा ३० की वडा सदस्य उमादेवी परियारले दलित समुदायलाई उम्मेदवारमा अविश्वास गर्दा पछाडी पर्नु परेको धारणा राखिन् ।
‘चुनावमा दलित समुदायलाई टिकट दिएर जित्यो भने उसलाई नमस्कार गर्नुपर्ने मानसिकता रहेको छ’ परियारले भनिन् ‘चुनाव जित्न सक्दैन भन्ने सोंच राखेर प्रत्यक्ष तथा कार्यकारी पदमा टिकट नपाउँदा पछाडी पर्यौं ।’
अहिले राज्यले सुनिचित गरेको दलित कोटामा एका–दुुई बाहेक अधिकांश कार्यकारी पदमा दलित उम्मेदवारहरुलाई ठूला राजनीतिक दलहरुले पछाडी राखेको वडा सदस्य परियारको गुनासो छ ।
पुरुषभन्दा बढी महिलाबाटै पीडित हुनुपरेको बताउँदै उनले सँगै निर्वाचित भएका महिला सदस्यले गरेको व्यवहारबाट झनै पीडित भएको उल्लेख गरिन् ।
नेकपा एमाले कास्कीको नेता झपट रानाभाटले अब चेतनाको आन्दोलन गर्न आवश्यक रहेको बताए ।
नेपालको संविधानमा जातीय छुवाछुतमुक्त घोषणा गरिएको छ’ उनले भने ‘अहिले पनि सामन्ती चिन्तनकाकारण दलितहरुमाथि दमन भइरहँदा कसैले नसुनेकाले अब चेतनाको आन्दोलन आवश्यक छ ।’
सदियौँदेखि जोसँग जे सीप छ, जसले राज्य परिवर्तनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ, उसैलाई दलित भनेर अपमानित गरेको उनले प्रष्ट्याए । उनले भने ‘दलित भन्ने शब्द अब दिमाग र शब्दकोषबाट हटाउन आवश्यक छ ।’
कार्यक्रममा नेपाल मानवअधिकार इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले पुरानो सामाजिक चिन्तन अझै हावी हुँदा जातीय दमन भइरहेको बताए ।
राज्यले व्यवस्था गरेको आरक्षणबाट माथि उठेर खुल्ला प्रतिस्पर्धामार्फत दलित समुदायले राजनीतिक विद्रोह नगरेसम्म कार्यकारी पदमा पुग्न नसक्ने उनको सुझाव छ ।
‘पछिल्लो समय ठुला राजनीतिक दलमा दलित समुदायको महत्पुर्ण योगदान छ’ उनले भने, ‘तर टिकट दिए हारिन्छ की भन्ने अविश्वास कायमै रहेकाले विद्रोह आवश्यक छ ।’
त्यस्तै, नेपाल समाजवादी पार्टीका कास्की इन्चार्ज टिकाराम पौडेलले सत्ता गठबन्धनबाट कास्कीको एक क्षेत्रमा दाबी गरेको बताउँदै त्यहाँ दलितलाई अवसर दिने उनले बताए ।
कार्यक्रममा पोखरा ६ का वडा सदस्य सभा जलारी, नेपाल दलित संघ कास्कीका सचिव गोविन्द नेपाली, मुक्ती समाज नेपालका केन्द्रिय सदस्य किसन परियार लगायतले बोलेका थिए ।
कार्यक्रममा दलित महिला संघ (फेडो) कास्कीका अध्यक्ष सुमित्रा गाएकको अध्यक्षता र कार्यक्रम संयोजक ईश्वरी विकको सञ्चालनमा सम्पन्न भएको थियो ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

