बाबु-छोरीको मृत्युपछि कार चालक मल्ल फरार, सार्वजनिक अपीलसहित खोजीमा जुट्यो प्रहरी

कास्की | बैशाख २०, २०७९

बाबु-छोरीको मृत्युपछि कार चालक मल्ल फरार, सार्वजनिक अपीलसहित खोजीमा जुट्यो प्रहरी

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले गत आइतबार कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका कार चालकलाई खोजतलास गर्न आम नागरिकलाई अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कस्कीको आधिकारिक फेसबुक पेजमा सुचना जारी गर्दै फरार रहेका कुश्मा नगरपालिका १ का एन्जिल बम मल्लाई कतै भेटेमा आफ्नो कार्यालयमा सम्पर्क गराउन अनुरोध गरेको हो ।

 

प्रकाशित सुचनामा लेखिएको छ, ‘मिति २०७९।०१।१८ गते आईतबार जिल्ला कास्की अन्नपूर्ण गा.पा. वडा नं. १ लेवाडे स्थित पोखरा बाग्लुङ सडक खण्डमा सवारी दुर्घटना पश्चात् फरार रहेका जिल्ला पर्वत कुश्मा न.पा. वडा नं. १ बस्ने वर्ष २७ को एन्जिल बम मल्ललाई कहि कतै देखेमा वा सूचना पाएमा जिल्ला प्रहरी कार्यालय कास्की सम्पर्क नं. ९८५६०३५५१२, ९८५६०३९५९९ मा सम्पर्क गरी अनुसन्धान कार्यमा सहयोग गर्नु हुन अनुरोध ।
‘हुलियाः वर्ण गोरो उचाई अन्दाजी ५ फिट २ इन्च, ठिक्कको शरीर भएको, वर्ष २७ को एन्जिल बम मल्ल’ 

 

जिल्ला प्रहरी कार्यालय कास्कीले सामाजिक सञ्जाल (फेसबुक) मा फरार प्रतिवादीलाई खोजतलास गर्न सुचना जारी गरेपनि आन्तरिक रुपमा खोजीकार्य तिव्र पारेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुनगाभा न्यूजलाई बताए । उनले उक्त घटनालाई जिल्ला प्रहरी कार्यालयले पहिलो प्राथमिकतामै राखेर खोजिकार्य गरिरहेको जानकारी दिए । 

रहेनन् बाबु –छोरी

कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार ग ३ च ३५२५ नम्बरको कारले  ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा कुश्मा नगरपालिका ४ पर्वतका ४५ वर्षिय जित बहादुर पुन र छोरी १८ वर्षिया सुजिना पुनको मृत्यु भएको थियो ।

पोखराबाट पर्वततिर जाँदै गरेको कारले विपरित दिशाबाट पोखरा आउंदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेका छोरी सविनाको आइतबारनै मृत्यु भएको थियो भने बावु जितबहादुरको उपचारको क्रममा सोमबार विहान मात्रै ज्यान गएको थियो । 

फरार मल्ललाई कारवाही नहुदा सम्म शब नबुझ्ने आफन्तको अडान

दुर्घटनापछि फरार रहेका कुश्मा नगरपालिका १ का २७ वर्षिय एन्जिल बम मल्ललाई पक्राउ गरि कारवाहीको प्रक्रिया अगाडी नबढाएसम्म मृतकका परिवारले शव नबुझ्ने अडान लिएका छन् । एक व्यक्तिको लापरवाहीले आफ्ना आफन्तले ज्यान गुमाएको बताउदै फरार मल्लाई छिटै पक्राउ गरि कडा भन्दा कडा उनीहरुले बताउदै आएका छन् ।

 

मृतक परिवारका आफन्तहरुले जिल्ला प्रहरी कार्यालयको अगाडी धर्ना दिएका थिए भने सोमबार फरार मल्ललाई पक्राउ नगरेको भन्दै पोखरा– हेम्जा  सडकखण्ड अवरुद्ध गरेका थिए । 

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।    सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।   पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...

थप पढ्नुहोस्

अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।   सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...

थप पढ्नुहोस्

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

थप पढ्नुहोस्