चुनावी प्रचारमा मेयर प्रत्यासी थापाले भने - 'साढे ४ अर्बकाे खानेपानी याेजना ल्याएकाे हुँ'
काठमाडाैं | बैशाख २०, २०७९
पाेखराः पाेखरा महानगरपालिकामा नेकपा एमालेका मेयर प्रत्यासी कृष्णबहादुर थापाले अप्ठेराे अवस्थामा पाेखरामा विकासकाे सुरुवात गरेकाे बताउँदै साढे ४ अर्ब रुपैयाँ लागतकाे खानेपानी याेजना साक्षी बसेर ल्याएकाे बताएका छन् ।
नेकपा एमाले पोखरा -१५ ले मेयर र उपमेयरका उम्मेदवारसहित घरदैलो कार्यक्रममा थापाले पोखरामा झन्डै साढे ४ अर्वको खानेपानीको योजना आफू स्वयं साक्षी बसेर ल्याएको र यसै योजनाको तेस्रो फेजको निर्माण तथा विस्तार कार्य अहिले चलिरहेको उनले दाबी गरे। अप्ठेरो अवस्थामा हिजो पोखरामा विकासका कार्यहरुको थालनी गरेको बताउँदै उनले पोखरा महानगरको मेयरमा मान बहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङको नेतृत्वले पनि विगतमा गरेका कामलाई निरन्तरता दिएको बताए।
घरदैलो कार्यक्रममा वडावासीले देखाएको माया र विश्वासले विगतमा जस्तै आगामी निर्वाचनमा पनि एमालेले अत्याधिक मत पाएर बिजयी हुने बताए। थापाले ३४ वर्षको उमेरमै आफू मेयर हुने अवसर प्राप्त गरेको भन्दै यो बीचमा धेरै अनुभवहरु सँगालेको बताए।
२०५२ सालदेखि शुरु भएको माओवादी युद्ध र त्यसले निम्त्याएको ध्वंस अनि २०५९ साल असार ३१ गते तत्कालिन गठबन्धनका प्रधानमन्त्री शेर बहादुर देउवाले जननिर्वाचित संस्थाहरुलाई अपदस्त गरेको स्मरण गर्दै त्यसपछि लगातार १५ वर्ष स्थानीय तहमा कुनैपनि निर्वाचन नभएको र उक्त भयावह अवस्था आफूहरुले नजिकबाट देखेको बताए । थापाले अमरसिंहचोकदेखि तल झर्न अत्यन्त विकट रहेको अवस्थामा बाच्छेबुडुवामा ल्याण्डफिल्ड साइटको निर्माण गरेपछि यस क्षेत्रमा पहिलो पटक बाटो बनाएको बताए ।
उनले फेरी एउटा सुखद सौभाग्य मिलेको भन्दै देशकै उत्कृष्ट उपमेयरको निरन्तरता, २०५४ सालदेखि काम र अनुभवले खारिएको आफू र आशा गरिएका युवा नेतृत्व तोरण बानियाँ र उनको टीमले काम गर्नेमा विश्वस्त हुन वडावासीलाई आग्रह गरे। उनले भने - "यो वडाको बाँकी रहेका सम्पूर्ण विकास हामीलाई गर्ने मौका दिनुहोस्, हामी गरेर देखाउँछौँ।"
यस्तै, उपमेयर पदकी मञ्जुदेवी गुरुङले आफूहरु निर्वाचित भएर आइसकेपछि यस वडामा धेरै कामहरु भएको बताइन्। उनले वडाका नागरिकहरुले सुरक्षाको अनुभूति गर्न पाउनुपर्छ भनेर सबैभन्दा पहिले यसै वडामा सिसिटिभी क्यामेरा जडान गरिएको बताइन्। उनले अझ कतिपय कामहरु गर्न बाँकी रहेको र कतिपय कामहरु प्रक्रियामा रहेकोले ती कामलाई पूर्णता दिँदै अन्य कामलाई द्रुत गतिमा अगाडि बढाउने प्रतिवद्धता जनाइन्।
नेकपा एमाले ज्येष्ठ नागरिकको सम्मान गर्ने पार्टी भएकाले यो बीचमा गठबन्धन या परमादेशको सरकार नआएको भए अहिलेसम्म वृद्धभत्ता सम्भवतः ५ हजार पुग्ने उनको बताइन्। उनले गठबन्धनको टोलीमा धेरै चिन्ह अंकित झन्डाहरु रहेकोले मतदान गर्न गाह्रो र झन्झटिलो हुने भन्दै नेकपा एमालेको सूर्य चिन्ह सिङ्गो एउटा मात्र भएकाले मतदान गर्न सजिलो हुने बताइन्।
यस्तै, वडा नं -१५ का अध्यक्ष पदका उम्मेदवार तोरण बानियाँले यहाँको समाज, यहाँका जनता र यस क्षेत्रको विकासका लागि हर समय तल्लिन भएर समस्यालाई समाधान गर्न अग्रसर हुने बताए। बानियाँले एकैचोटी यो समाजको नेतृत्व गर्छौं भनेर आएको नभै धेरै अगाडिबाट मेहेनत गर्दै संघर्ष गरेर सामाजिक काममा समर्पित रहँदै आएकाले हिजो गरेका कामको कारणले पनि यहाँका जनताले विश्वास गरेर भारी मतले बिजयी गराउने आशा व्यक्त गरे।
उनले घरदैलोका क्रममा जनतासँग धेरै वाचाहरु गरेकाले आउँदो ५ वर्ष भित्र आवश्यकता र औचित्यका आधारमा एकपछि अर्को गर्दै सबै वाचाहरु पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रमको संचालन वडा कमिटि सचिव तथा न्यायिक समिति सदस्य पार्वती कार्कीले गरेकी थिइन् ।
सभामा जिल्ला कमिटि कास्कीका इन्चार्ज भिम कार्की, वर्तमान वडा अध्यक्ष तथा इन्चार्ज प्रकाश पौडेल, पूर्व अध्यक्ष तथा निर्वाचालन परिचालन कमिटिका संयोजक शिव बहादुर भण्डारी, शिव बहादुर बानियाँ, पूर्व सदस्य ललित बहादुर भण्डारीलगायतको उपस्थिति रहेको थियो।
पोखरा: कास्की प्रहरीले यौन शोषण गरेको आरोपमा ३ युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमो गोरखाको पालुङ्टार ४ स्थायी घर भई लेकसाइड बस्ने १९ वर्षीया ममता तामाङ, मकवानपुरको बाग्मती गाउँपालिका &nbs...
दमौली: बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उहाँले रु १० लाख पाँच ...
काठमाडौं: निजी मेडिकल कलेजका सञ्चालकहरूले स्नातकोत्तर तहमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने जनाएका छन् । पत्रकार भेटघाटमा उनीहरूले स्नातकोत्...