पोखरामा फोनिजको सपथ ग्रहण तथा लेखनवृत्ति पुरस्कार वितरण

पाेखरा | भदौ १०, २०७९

पोखरामा फोनिजको सपथ ग्रहण तथा लेखनवृत्ति पुरस्कार वितरण

 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघीय समितिमा मनोनित गण्डकीका फोनिजकर्मीहरुलाई शुक्रवार पोखरामा सपथ ग्रहण एवम् बधाई ज्ञापन गरिएको छ। 

 

फोनिजको चितवनमा सम्पन्न सातौं अधिवेशनमा केही असहमति जनाएको गण्डकी प्रदेशका केही अग्रजहरुलाई संघीय समितिले मनोनित गराए पश्चात फोनिज गण्डकी प्रदेश समितिद्धारा आयोजित बधाई तथा लेखनवृत्ति पुरस्कार वितरण समारोहका प्रमुख अतिथि संघीय समितिका महासचिव मिलन लिम्बुले प्रमाणपत्र वितरणका साथै पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो। 

 

मनोनितमा संघीय समिति सदस्य एवम प्रदेश इञ्चार्ज एमबी आस्थामगर, संघीय समिति सदस्य एवम आमन्त्रित सचिवालय सदस्य दिल शिरिष, संघीय समिति सदस्य मिला दरै, संघीय समिति सदस्य कमला रानामगर र संघीय संगठन विभाग सदस्य इतराज गुरुङ(आशिफ)लाई महासचिव लिम्बुले सपथ ग्रहण गराउनुभएको हो। यसैगरी संघीय समितिले हुमबहादुर गुरुङलाई संघीय समिति सल्लाहकारमा मनोनयन गरेको छ। 


सपथ ग्रहण  कार्यक्रमका प्रमुख अतिथि महासचिव लिम्बुले महाधिवेशनमा कमिकमजोरी रहेता पनि अब फोनिजकर्मीहरुको बिचको एकता अझै सुदुढ हुने बताउनुभयो। केही समस्या भए पनि फोनिजको आन्तरिक आत्मसमिक्षाले एकतालाई थप सुदृढ गर्दै गण्डकी प्रदेश सशक्त ढंगले अभियानमा जुट्ने विश्वास व्यक्त गर्नुभयो। फोनिज गण्डकीले विगतदेखि उत्कृष्ठ कार्य, अभियानहरु गर्ने क्रममा पत्रकारहरुलाई लेखनतर्फ प्रोत्साहन गर्न लेखनवृत्ति प्रतियोगिता आयोजना गरी उत्कृष्ठलाई पुरस्कृत गर्नु उदाहरणीय कार्य भएको भन्दै निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो। 

 

संघीय समितिका सल्लाहकार हुमबहादुर गुरुङले सपथ ग्रहण गर्नुभएका गण्डकीका फोनिजकर्मीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विगतमा उत्पन्न भएका समस्याबाट पाठ सिक्दै फोनिजको मर्ममाथि कहिकतैबाट प्रहार हुन नहुने र भुगोलको प्रतिनीधित्वलाई सुनिश्चित गर्न विर्सन नहुने बताउनुभयो।उहाँले फोनिजकर्मीहरुलाई कलम चलाउन प्रोत्साहन गर्न लेखनबृत्ति प्रतियोगिता आयोजना गरिएकोमा सहभागी र उत्कृष्ठ लेखनलाई बधाई एवम् धन्यवाद व्यक्त गर्नुभयो। 

 

सपथग्रहण पश्चात फोनिज गण्डकी प्रदेश इञ्चार्ज एमबी आस्थामगरले गण्डकीका फोनिजकर्मीहरुको एकता,फोनिजको अभियान सफल बनाउन र फोनिजको मर्मलाई गण्डकीका फोनिजकर्मीहरु इमान्दारपुर्वक जुटिरहने बताउनुभयो।

 

कार्यक्रममा फोनिज गण्डकीले संघीय सल्लाहकार, समिति र विभागमा मनोनित हुनुभएको फोनिजकर्मीहरुलाई बधाई एवम सम्मान गरिएको थियो भने कास्की जिल्ला अन्नपुर्ण गाउपालिका वडा नं.९को वडाध्यक्षमा निर्वाचित फोनिज कास्कीका कोषाध्यक्ष रमेश गुरुङलाई बधाई तथा सम्मान र फोनिज स्थापना दिवसमा आयोजित लेखनवृत्तिमा उत्कृष्ठ रीता गुरुङ, गोविन्द थापा मगर, श्याम राना मगर र विकास रोका मगरलाई नगदसहित पुरस्कृत गरिएको थियो। 

 

कार्यक्रममा सम्मानित वडाध्यक्ष रमेश गुरुङ र लेखनवृत्ति पुरस्कृत गोविन्द थापाले फोनिज गण्डकीले आयोजना गरेको लेखनवृत्तिलाई अझै प्रभावकारी रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिए । कार्यक्रम फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीस मगरको अध्यक्षता कोषाध्यक्ष  रत्ना गुरुङको  स्वागत र सचिव सुसान्त गाहा मगरको संचालनमा सम्पन्न भएको थियो । 

तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।   आज काठमाडौँबाट डुम्रे हुँदै लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको मा...

थप पढ्नुहोस्

पोखरा:   वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा धनकुटाकाे पाख्...

थप पढ्नुहोस्

चितवन प्रहरीले भरतपुर महानगरपालिका–२६ सिसुबारबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–२६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशा...

थप पढ्नुहोस्