मुम्बइमा प्रेमगीत–३ को शान ! व्यस्त सडक बान्द्रामा ठडियो पोस्टर
पाेखरा | भदौ १, २०७९
तस्बिरः पुष्प बराल
पोखराः नेपाली र हिन्दी भाषामा एकैपटक दुबै देशमा रिलिजको तयारी भइरहेको नेपाली चलचित्र प्रेमगीत–३ को पोष्टर करिब १ महिनादेखि भारतको फिल्म नगरी मुम्बइको बान्द्रारोडमा राखिएको छ ।
आगामी सेम्टेम्बरको २३ तारिखमा प्रेमगीतको रिलिज मिति तोकिएको छ । चलचित्रबारे भारतीय यूटु्यबरहरुले अत्यधिक प्रशंसा गरेको पाइन्छ । कतिपयले प्रेमगीत भारतीय फिल्म बाहुबलीसँग मिल्दोजुल्दो भएको प्रतिक्रिया दिएका छन् ।
हिन्दी भाषामा डबिङ गर्ने कलाकारहरुले यसअघि बाहुबलीमा समेत काम गरेकाले पनि यस्तो अनुमान गरिएको हो । प्रेमगीतले हिन्दी भाषामा डब गर्न करिब १ करोड रुपैयाँ खर्च गरेको भारतीय मिडियाको दाबी छ ।
त्यस्तै, प्रेमगीत–३ भारतका करिब १ हजार थिएटरमा लाग्ने बताइएको छ भने भारतबाट मात्रै यस चलचित्रले ३६ करोड रुपैयाँ कमाउने अनुमान गरिएको छ ।
‘फिल्मको पोस्टर देखेपछि भारतीयहरुले घोरिएर हेर्ने गरेको र कुन देशको सिनेमा र कलाकार हो ? भनि एकापसमा सोध्ने गरेका छन्’ हालै भारतबाट फर्किएका पुष्प बरालले बताए ।
भारतमा पोस्टर सार्वजनिक भएपछि भारतीयहरुले फिल्मको टिजर हेर्न थालेको र रिलिज मिति कुरिरहेको उनको ठम्याई छ । ‘बान्द्राको भिआइपी स्ट्रिटमा नेपाली फिल्मको पोस्टर देख्दा मलाई समेत गर्व लाग्यो’ बरालले भने ‘इन्डियनहरु समेत फिल्मको प्रतीक्षामा छन् ।’
प्रेमगीत–३ ले रिलिज अघि नै वितरकमार्फत ४ करोड रुपैयाँ कमाइसकेको निर्देशक सन्तोष सेनले बताएका छन् ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

