पोखराका नेवार समुदायलाई खोज्दै आयो भक्तपुरको 'घिन्ताङ घिसी'
पाेखरा | साउन २५, २०७९
पोखरा: पोखरामा पहिलो पटक नेवार समुदायले घिन्ताङ घिसी नाँच प्रस्तुत गरेका छन् ।
काठमाडौँ, भक्तपुरमा सिमित नेवार समुदायको घिन्ताङ घिसी २१ औँ शताब्दीमा पोखरेलीहरुले प्रत्यक्ष अवलोकन गर्न पाए ।
पोखरामा मंगलबार २८ औँ अन्र्तराष्ट्रिय जनजाति दिवसको अवसरमा भक्तपुरका नेवार समुदायहरुले पहिलो पटक घिन्ताङ घिसी नाँच प्रस्तुत गरेका हुुन् ।
अन्र्तराष्ट्रिय जनजाति दिवसको अवसर पारेर नै भक्तपुर देखि ६२ जनाको जम्बो टोली सोमबार पोखरा आइपुगेको थियो । नेवार समुदाय देशभर नै छरिएर रहेको छ तर नेवार समुदायहरुले आफ्नो संस्कृति छोड्दै गएकाले नेवारी पात्रोमा संस्कृति सातासात भन्ने उदेश्य राखेर टोली पोखरा आएको हो ।
भक्तपुुरका राज प्रजापतिले घिन्ताङ घिसी कलाकार सहितको जम्बो टोली पोखरा आएपछि उनले भक्तपुरमा काठमाडौँ र लतिलपुरमा मात्र नेवार समुदाय, कला संस्कृति सिमित हुन थालेको भन्दै अन्य जिल्लाका नेवार समुदायले संस्कृति भुल्दै गएकोमा चिन्ता व्यक्त गरे ।
उनले भने, ‘संस्कृति छ हामी छौँ नभए कोही पनि हुदैन त्यसैले आफ्नो संस्कृति जर्गेना गर्न अगाडी बढ्न अभिप्रेरित गर्न पोखरा आए ।’ पछिल्लो समय युवाहरुले आफ्नो समुदायका संस्कृतिलाई वास्ता नगर्दा भाषा, सस्कृति धरापमा परेको छ ।
पोखराका अस्टमान प्रधानाङ्गले २९ औँ अन्र्तराष्ट्रिय जनजाति दिवसमा पोखराका नेवार समुदायले आफै घिन्ताङ घिसी प्रस्तुत गर्ने बताए ।
प्रधानाङ्गले भने, ‘नेवार समुदायले संस्कृति सातासात भन्ने उद्देश्य लिएको छ यसै अनुरुप हामीलाई सहयोग गर्न भक्तपुरदेखि टोली आएको छ, पोखराका युवाहरुलाई नाँच र बजाउन तालिम प्रदान गरेका छौँ, अब पोखराका नेवार समुदालयले घिन्ताङ घिसीको संरक्षण गर्छ ।’
भक्तपुरका नेपाल भाषा साहित्य तःमु ज्याका प्रतिनिधि राजाराम बासीले अवका युवाहरुले आफ्नो संस्कृति संरक्षण र पुस्तातरण हुन नसके लोप भएर जाने बताए ।
बासी भन्छन्, ‘पोखरामा पहिलो पटक घिन्ताङ घिसी देखाइएको हो, अब पोखरेली नेवार समुदाय आफै अग्रसर हुन् आवश्यक छ ।’ संस्कृति बचाउन अगाडी सर्न सवैलाई उनको आग्रह छ ।
के हो घिन्ताङ घिसी, कसरी नाचिन्छ ?
भक्तपुर नगरपालिकाको सबै वडामा गाईजात्रा दिन घिन्ताङ घिसी नाच रोचक पक्ष मानिन्छ ।
यो नाँचमा नाच्नेहरुको हातहातमा लट्ठी हुन्छ । उनीहरूले बाजाको उही तालमा दुइटा लट्ठी जुधाएर फरक किसिमले नाच नाच्दै देखाउँछन् । भक्तपुरका विश्वरामका अनुसार, यो नाचलाई माक प्याँख (नाच) भनिन्छ ।
‘भक्तपुरमा परम्पराकालदेखि नै यो नाँच नाच्दै आएकाले हाम्रो बच्चाहरु सवै घिन्ताङ घिसीमा नाच्न सक्छन् तर अन्य जिल्लामा सिक्न र सिकाउन नसक्दा यो नाँच पोखरामा आउन नसकेको हो’ विश्वराम भन्छन् ।
गाईजात्रामा नाचिने घिन्ताङ घिसी गाईजात्रा सुरु भएदेखि नै चलिआएको तर यी नाँच १६ औं शताब्दीमा जयप्रकाश मल्लले सुरु गरेको विश्वराम ट्वायनले बताए । लिच्छवि कालको सुरुआतदेखि नै चल्दै आएको साँपारु (गाईजात्रा) लिच्छवि राजा आनन्द देवले भक्तपुरलाई नेपाल मण्डलको राजधानी बनाएपछि झन् आकर्षक हुँदै गएको उनको अनुभव छ ।
‘जगतप्रकाश मल्ल साहित्यप्रेमी भएकोले उनले भक्तपुरको साँपारुलाई एक दिनको सट्टा थप आठ दिनसम्म मनाउने चलन ल्याए’ उनले भने ।
मेटिँदै घिन्ताङ घिसीको मर्म
ताहामचा गना तय्
ग्वाखँ प्वालय तय्
ग्वाखँ प्वालय् मन्हयंसा
खुसी चुइक छोय्
नेपाल भाषाको यो गीतको अर्थ हुन्छ– ‘मरेको मानिसको प्रतीक (गाई) लाई घरको परेवा बस्ने प्वालमा राखूँ कि, त्यहाँ नअटे खोलामा बगाऊँ कि’ घिन्ताङ घिसी नाच्दा खिँ ढाँ, छुस्या जस्ता बाजाको तालमा यो गीत गाइन्छ ।
विश्वरामका अनुसार, नेवार समुदायका पुराना घरमा परेवा बस्ने प्वाल हुन्थ्यो । अहिले यो हरायो । योसँगै पछिल्लो समय युवा पुस्ताले गीत पनि बदलेका छन् । जस्तो, घिन्ताङ घिसी नाच्दै गर्दा केही युवकले गाए ‘रप्पपो, रप्पपो, जेरी आधा पाउ’, ‘झयाले च्वंमा मिसाचा जिटा मा’ (झयालमा बस्ने केटी मलाई चाहिन्छ) ।’
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

