कास्की कारागारमा आन्तरिक चौकीदार बनाउने विषयमा विवाद
पाेखरा | साउन ४, २०८२
पोखरा: जिल्ला कारागार कार्यालय कास्कीमा कैदीबन्दीहरु आन्दोलित भएका छन् ।
कारागारको आन्तरिक चौकीदारमा आफुहरुको अनुकुल भन्दा बाहिरको मान्छे नियुक्त गरिएको भन्दै 'क' ब्लकका कैदीबन्दीहरु आन्दोलित भएका हुन् ।
कारागारभित्र आइतबार दिउसोदेखि आन्दोलित कैदीबन्दीहरुले नाराबाज सहित टायर बालेर प्रदर्शन गरिएको थियो । भने, कारागार अगाडी प्रहरीहरु तैनाथ गरिएको छ ।
कारागारको चौकीदारमा कैदीबन्दीहरुको माग बमोजिमको नभई असक्षम, अलोकप्रिय चौकिदार नियुक्त गरिएको उनीहरुको आरोप छ।
कास्की कारागारमा ब्लक ‘ए’ मा ४६६, ब्लक ‘बी’ मा ४८० र महिला ब्लकमा ३५ जना कैदीबन्दी छन् ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

