सिद्धार्थ राजमार्गमा साँझदेखि सवारी साधन चलाउन रोक
पाेखरा | साउन ४, २०८२
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जातर्फ जाने सवारी साधन संचालनमा रातको समय सवारी साधन चलाउन प्रशासनले रोक लागएको छ।
कार्यालयले आइतबार सूचना जारी गर्दै भारी वर्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै साँझपछि तोकिएको समयमा अत्यावश्यक सेवाबाहेकका सवारी साधन चलाउन रोक लगाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनाअनुसार, साउन ४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो।
निर्णयअनुसार, अत्यावश्यक सेवाबाहेकका लामा दूरीका सवारी साधनलाई साँझ ४ बजेपछि र छोटो दूरीका सवारी साधनलाई साँझ ५ बजेपछि कास्कीको छोरेपाटनबाट स्याङ्जातर्फ जान रोक लगाइएको छ।
प्रशासनले यस वर्षको मनसुन सक्रिय रही साउन ३ गते रातिदेखि अविरल वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशमा थप भारी वर्षाको पूर्वानुमान गरेकाले मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि यो कदम चालिएको जनाएको छ। स्याङ्जा जिल्लासँगको समन्वयमा यो निर्णय लिइएको सूचनामा उल्लेख छ।
प्रशासनले अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन संचालन नगर्न र गर्नैपर्ने भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गरी मात्र संचालन गर्न सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरेको छ।
यस्तै जिल्ला प्रशासन कार्यालय कास्कीले घान्द्रुक, लान्द्रुक,सिक्लेस र ताङतिङ जाने सडकमा समेत रातको समय सवारी साधन चलाउन प्रशासनले रोक लागएको छ।
बर्षासँग आउने बाढी र पहिरोको जोखिम भएकाले रातीको समय उक्त गन्तव्यमा सवारी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यो पनि पढ्नुहोस
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...
काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...


