तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा लम्सालको मृत्यु, २ जना गम्भीर घाइते
तनहुँ | बैशाख ४, २०८२
तनहुँको शुक्लागण्डकी नगरपालिका ४ गल्छीमा मोटरसाइकल एकापसमा ठक्कर खाँदा युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शुक्लागण्डकी ३ का करिब १९ वर्षीय रोमन लम्साल रहेका छन् ।
खैरेनीटारतर्फ जादै गरेको लु १४ प २२४७ नम्बरको मोटरसाइकल र दुलेगौंडातर्फ जाँदै गरेको लु प्र ०१००१ प ५६६८ नम्बरको मोटरसाइकल गएराती एकापसमा ठक्कर खाएका थिए ।
सोही क्रममा दुलेगौडातर्फ जादै गरेको मोटरसाइकलका चालक लम्साल गम्भीर घाइते भएका थिए । त्यसपछि उपचारकालागि जिपी कोइराला राष्ट्रिय श्वासप्रस्वाश केन्द्र लगिएको थियो ।
लम्साललाई त्यसपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै अर्का मोटरसाइकलमा सवार शुक्लागण्डकी ४ कार सुशान आले र सोही वडाकै निश्चल गुरुङपनि गम्भीर घाइते भएको बताइएको छ ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

