युनाइटेडको रक्तदानमा ४६ युनिट संकलन
पाेखरा | बैशाख ४, २०८२
पोखरा: युनाइटेड क्लबले १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट संकलन भएको छ ।
१५ औं वार्षिकोत्सवको अवसर पारि नयाँ वर्षको दिन (बैशाख १ गते) पोखरा वृद्धाश्रममा खाद्यान्न वितरण समेत सम्पन्न गरिसकेको युनाईटेड क्लबले १५ औं वार्षिकोत्सवको अवसरमा पोखराको अमरसिंहमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
सो अवसरमा बोल्दै रक्त सञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधीक महेन्द्र केसीले हरेक तीन महिनामा रक्तदान गरेको खण्डमा रक्त अभावमा रहेकाहरुलाई सहयोग पुग्ने बताए ।
युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापाले सामाजिक काममा अगाडी बढिरहेको युनाईटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।
युनाइटेड क्लबले नयाँवर्ष २०८२ को पहिलो दिन पोखरा बृद्धाश्रममा आश्रितहरुलाई खाद्यान्न वितरण गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको र दोश्रो कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरेको उनको भनाई थियो ।
युनाइटेडले सामाजिक कामलाई निरन्तरता दिनेसमेत थापाले बताए ।
युनाइटेड क्लबका कार्यसमिति सदस्य विष्णुकुमार गुरुङको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

