मार्फा थकाली समाजको अध्यक्षमा देवकुमारी हिराचन
पाेखरा | चैत ६, २०८१
पोखरा: मार्फा थकाली समाज सेवा सदन पोखराको ५३औं वार्षिकोत्सव तथा १८औं महाधिवेशन देव कुमारी हिराचनलाई अध्यक्षमा चयन गरेको छ । समाजको ५३ वर्षको इतिहासमा पहिलोपटक महिला अध्यक्ष चयन गरि इतिहास रच्न सफल समेत भएको छ ।
महाधिवेशनमार्फत देव कुमारी हिराचन अध्यक्षमा निर्वाचित भएकी छन्। उपाध्यक्षमा पूर्ण मान लालचन, महासचिवमा मखन लाल हिराचन, सचिवमा राजु लालचन, कोषाध्यक्षमा ई। पूर्ण बहादुर ज्वारचन चयन भएका छन्।
त्यसैगरी, प्रदिप हिराचन, निरण ज्वारचन, पूर्ण ज्वारचन, वसन्त हिराचन, सञ्जु लालचन, बुद्धी कुमारी लालचन, प्रिमो लालचन तथा सुन कुमारी हिराचन समाजका सदस्य पदमा चयन भएका छन्।
यसै अवसरमा मार्फा थकाली महिला समिति को पनि नयाँ कार्यसमिति चयन भएको छ। महिला समितिको अध्यक्षमा विष्णु ज्वारचन माईली, उपाध्यक्षमा आइत कुमारी लालचन, सचिवमा पुनम हिराचन, कोषाध्यक्षमा राम कुमारी ज्वारचन चयन भएका छन्।
सदस्य पदमा सीता लालचन, सत कुमारी पन्नाचन, विष्णु ज्वारचन, विनु लालचन, रचना लालचन, सविता पन्नाचन तथा विष्णु हिराचन मनोनीत भएका छन्।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

