सराङकोट महाउत्सवको पहिलो दिन ४५ लाख बढी संकलन

पाेखरा | फागुन १५, २०८१

सराङकोट महाउत्सवको पहिलो दिन ४५ लाख बढी संकलन

सराङकोटमा बुधबारदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु भएको छ ।

 

२१ फागुनसम्म जारी रहने उक्त उत्सव अन्र्तगत आज पूर्वाङ सहित महायज्ञ शुभारम्भ गरिएको हो।

       

यज्ञ शुभारम्भ पूर्व बाजागाजा, भजन, युद्ध कलासँग सम्बन्धीत सरुन खेल सहित पोखरा गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्या सहित कलश यात्रा सुरु भएको थियो ।उक्त यात्रा विन्ध्यवासीनी मन्दिर, सेदी हुँदै अन्नपूर्ण केवलकार मार्फत यज्ञ स्थल सराङकोट टप पुगी मुल समारोहमा परिणत भयो ।

       

बुधबार उद्घाटनको दिन अन्नपूर्ण केवलकारमा अध्यक्ष कालु गुरुङबाट रु.२५ लाख, सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी परिवारबाट रु.१५ लाख, त्यस्तै खिमबहादुर जिसीको परिवारबाट रु.२ लाख ३३ हजार एवम् अन्य दाताको गरी कुल ४५ लाख ७५ हजार सहयोग संकलन भएको प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिनुभयो।

       

समारोहलाई सम्बोधन गर्नुहुँदै सहयोगदाता अन्नपूर्ण केबलकार अध्यक्ष कालु गुरुङले सराङकोट धार्मिक पर्यटकीय स्थलका अलवा शक्ति पीठका रुपमा क्रमश स्थापित हुँदै गएको जनाउनु हुँदै सद्कर्ममा सहयोग गर्न पाउदाँ खुशी लागेको सुनाउनुभयो ।उहाँले आफुले धार्मिक संघसंस्थामा सक्दो सहयोग गर्दै आइरहेको स्मरण गर्नुहुँदै सराङकोट वास्तवमै स्वर्गको टुक्रा भएको अनुभव राख्नुभयो।

       

भागवत् भाष्कर पण्डित कमलनयन गौतमले सराङकोटलाई पुण्यभूमिको संज्ञा दिनुहुँदै सराङकोट पहिचान स्थापित भूमि भएको स्पष्ट पार्नुभयो ।उहाँले सराङकोट धामको बृद्धि विकासमा लागि हाल सहित ६ यज्ञ गरिएको स्मरण गर्नुहुँदै सराङकोट टप पुगेपछि स्वर्ग पुगेको महशुस हुने गरेको औँल्याउनुभयो।

       

पोखरा महानगरपालिका प्रवक्ता समेत रहनुभएका वडा नं. २५ का अध्यक्ष मोतिराज तिमिल्सीनाले सराङकोट महाउत्सवले पोखरा भ्रमण वर्षलाई महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुहुँदै महाउत्सव समग्र पोखरेलीकै चाड भएको उल्लेख गर्नुभयो ।प्रवक्ता तिमिल्सीनाले पोखरा कोटैकोटको शहरका रुपमा स्थापीत हुँदै गएकोमा खुशी व्यक्त गर्नुहुँदै सराङकोटको स्तरउन्नतीमा महानगरले विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।

       

वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले उत्सव समग्र पोखरेलीको चाड भएको भनाई राख्नुहुँदै  सराङकोटमा निर्माण भएका संरचना संरक्षणमा सबैले ध्यान दिनुपर्ने जनाउनुभयो ।२०६१ सालदेखि सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति गठन पश्चात गुरुयोजना निर्माण गरी हालसम्म अनवरत रुपमा सहयोग जुटाउर्दै त्यहाँ निर्माण कार्य गरिएको स्पष्ट पार्नुहुँदै अध्यक्ष तिमिल्सीनाले पोखरालाई नियाल्न सराङकोट टप पुग्नैपर्ने स्पष्ट पार्नुभयो ।

     

त्यस अवसरमा सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, वडा सदस्य कल्पना ढकाल क्षत्री लगायतले पनि महाउत्सवको महत्वमाथि प्रकाश पार्नुहुँदै सबैको साथ सहयोगबाट उत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयो।

       

उद्घाटनको दिन आज यज्ञ स्थल पुग्ने सम्पूर्ण भक्तजनका लागि केबलकार तथा वसमा आवातजावत निःशुल्क व्यवस्था मिलाइएको थियो।त्यस्तै यज्ञमा मातृ शक्तिको वाक्लो उपस्थिती देखिन्थ्यो ।

 

महाउत्सव अन्र्तगत यहि १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट सराङकोट धाममा निर्माण गरिएको विशाल पञ्चमुखी गणेश मुर्ति एवम् देवालयहरुको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।यज्ञ अवधिभर स्थानीय चक्रबहादुर जिसी तथा उद्योगकुमारी जिसीले मूल कर्ताको भूमिका निर्वाह गर्नुहुनेछ।

 

सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।

 

महाउत्सवका अवसरमा सामुहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पुजा तथा संगीतमय भजन कृर्तन गरिनेछ ।सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।

 

सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य कल्पना ढकाल क्षत्रीले स्वागत तथा महाउत्सवका सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गर्नुभयो ।

पोखरा: पोखरामा आज ४३ औं मगर स्थापना ४३औँ मगर सङ्घ स्थापना दिवस मनाइएको छ । नेपाल मगर संघ कास्कीको आयोजनामा आज पोखरामा विभिन्न कार्यक्रम गरेर ४३ औं मगर स्थापना दिवस मनाइएको हो ।  मगर दिवसको अवसमा ...

थप पढ्नुहोस्

गण्डकी: उत्पादनसँग जोडिने ठूला राजनीतिक दलका योजना निरर्थक बनिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताले भने त्यसलाई चरितार्थ तुल्याएका छन् ।  देशका विभिन्न ठाउँमा व्यावसायिक कृषि उत्प...

थप पढ्नुहोस्

गण्डकी:  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले साहित्य परिवर्तनको सम्वाहक रहेको बताउनुभएको छ । ‘बुकवर्म फाउण्डेशन’को आयोजनामा आजदेखि पोखरामा सुरू भएको १२औँ नेपाल साहित्य महोत्सवक...

थप पढ्नुहोस्