फागुन १६ र १७ गते हुने मेरो भ्वाइस र मेरो डान्स युनिभर्स पोखरा अडिसनको तयारी पुरा

बिजेतालाई १/१ करोड रुपैयाँ पुरस्कार

पाेखरा | फागुन १५, २०८१

फागुन १६ र १७ गते हुने मेरो भ्वाइस र मेरो डान्स युनिभर्स पोखरा अडिसनको तयारी पुरा

पोखरा:   अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को पोखरा अडिसन फागुन १६ र १७ गते हुँदैछ ।

 

गण्डकी प्रदेशका सहभागिलाई समेट्ने गरि पोखराको पोखरा बहुमुखि क्याम्पसमा हुने अडिसनको तयारी पुरा भएको आयोजक इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले जनाएको छ ।

 

विश्वभर रहेका नेपालीहरुको गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि यी दुवै रियालिटी शो सञ्चालन हुँदैछ ।

 

साउनको अन्तिम साता काठमाडौंमा हुने फिनालेमा दुबै शोका विजेताहरुलाई १/१ करोड नेपाली रुपैंया पुरस्कार स्वरुप प्रदान गरिने छभने दोस्रो हुनेलाई २५/२५ लाख रुपैया र तेस्रो हुनेलाई १०/१० लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

पोखरा अडिसनका लागि सम्पूर्ण तयारी पुरा भएको फाण्डेसनका गण्डकी प्रदेश प्रमुख तथा गाएक राजेश बर्देवाले जानकारी दिए ।

 

१६ गते हुने भ्वाइस अडिसन र १७ गते हुने डान्स अडिसनका लागि गण्डकी प्रदेशका सम्वन्धित संस्था, विद्यालय, क्याम्पस तथा आम जनमानसमा जानकारी तथा सूचना पुराईसकिएको बर्देवाले बताए ।

 

नेपाली संस्कृति र साँस्कृतिक पहिचानलाई संरक्षण, सम्वद्र्धन र उत्थान गर्नु फाउण्डेशनको मूलभूत उद्देश्य रहेको फाउण्डेसनका कास्की जिल्ला प्रमुख तथा कलाकार किसान सेवाले बताए । साथै फागुन १६ र १७ गते हुने पोखरा अडिसनमा भाग लिन समेत उनले आग्रह गरे ।

 

सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइट इन्ट्रा फाउण्डेसन डट ओआरजी (www.intrafoundations.org)  बाट आवेदन दिन सक्ने किसान सेवाले जानकारी दिए ।

 

फाउण्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईल नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्नका लागि र नेपालीभाषी प्रतिभाहरुलाई चिनाउन यस्तो खालको रियालिटी शो आयोजना गरिएको बताए । नेपाली कला, संस्कृति, संस्कारजस्ता कुरालाई नयाँ पुस्तालाई पुस्तान्तरण गर्न पनि यो रियालिटी शोले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

 

फाउण्डेसनका अनुसार दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा, अष्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा, र नेपालका विर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरु हुनेछन् ।

 

उक्त अडिसनमा छनौट भएका भ्वाइस र डान्सका प्रतियोगिलाई प्रतिस्पर्धाका लागि काठमाडौं लगिने आयोजकले जनाएको छ ।

 

सन् २०२३ मा यी दुवै रियालिटी शोको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

काठमाडौं:   अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।  बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । चा...

थप पढ्नुहोस्

काठमाडौं:   विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति भएको छ । दुवै प्रहरी सङ्गठनका प्रमुखले उनीहरूलाई नायब निरीक्षकमा पदोन्नति गरेका ...

थप पढ्नुहोस्

पोखरा:    पोखरामा आजदेखि सुरु भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ ।  एपिएफ क्लबले कोश...

थप पढ्नुहोस्