प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख
म्याग्दी | माघ २८, २०८१
म्याग्दी: गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगका निम्ति पश्चिम म्याग्दीको बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा रु एक करोड ५१ लाख सङ्कलन भएको छ ।
विद्यार्थीलाई व्यावसायिक कृषितर्फ उन्मुख गराउन बाली विज्ञान र पशु चिकित्सा (भेटेरिनरी) अध्यापन हुने यो शिक्षालयमा अर्थाभावका कारण अध्ययन गर्न अक्षम गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले स्थापित उक्त कोषमा त्यति रकम जम्मा भएको शिक्षालयका प्रधानाध्यापक जङ्गबहादुर गर्बुजाले बताउनुभयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन प्राप्त शिक्षालयले २९ महिने कनिष्ठ प्राविधिक सहायक (जेटिए), बाली र पशुविज्ञानमा तीनवर्षे डिप्लोमा कार्यक्रम सञ्चालन गरेको छ । हाल यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत छन्
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

