झोलुङ्गे पुलको लठ्ठा बाँध्ने क्रममा भेरी नदीमा खसेर दुई जना बेपत्ता

सुर्खेत | माघ २३, २०८१

झोलुङ्गे पुलको लठ्ठा बाँध्ने क्रममा भेरी नदीमा खसेर दुई जना बेपत्ता सांकेतिक तस्वीर

सुर्खेत:   झोलुंगे पुल मर्मत गर्ने क्रममा भेरी नदीमा खसेर दुई जना बेपत्ता भएका छन् । 


सुर्खेतको बराहताल गाउँपालिका–४ को कुटा र पञ्चपुरी नगरपालिका–१० को चाम्री जोड्ने झोलुंगे पुल मर्मतका क्रममा दुई जना मजदुर भेरी नदीमा खसेर बेपत्ता भएका हुन् । 


बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षका अनिल घर्ती र सोही ठाउँका १८ वर्षका अर्जुन झाक्री मगर रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए । 


उनीहरू पुलका लठ्ठा बाँध्ने क्रममा नदीमा खसेर बेपत्ता भएका हुन् ।

धादिङ:    जेनजी आन्दोलनमा प्रहरीसँग विवाद गरी भाइरल भएका युवा आमाकै  हत्या आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीकी ३० वर्षीय य...

थप पढ्नुहोस्

झापा : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ ।   मृत्यु हुनेमा मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ...

थप पढ्नुहोस्