पोखरा महानगरले कोटिहोम गर्न नदिने
पाेखरा | माघ २३, २०८१

पोखरा: पोखरा महानगरपालिकाले पोखरामा हुने भनिएको कोटिहोम गर्न नदिने घोषणा गरेको छ । मेयर धनराज आचार्यले कुनै हालतमा पोखरामा कोटिहोम गर्न सम्भव नभएको बताएका छन् ।
‘कोटिहोम पोखरामा हुँदैन । त्यति लामो समयसम्म पर्यटकीय सहर पोखरामा ध्वनि बालेर होम हुन सक्दैन,’ उनले भने, ‘अघिल्लो पटक पनि वातावरण प्रदूषण भएर प्लेन नै उड्न नसक्ने अवस्था भाथ्यो । हामीले अनुमति पनि दिएको छैन ।’
४ महिनासम्म पर्यटकको चहलपहल हुने लेकसाइड क्षेत्रमा होम गर्दा पर्यटनमै असर पर्ने उनको तर्क छ । ‘फेवातालको डिलमा ४ महिनासम्म कोटिहोम लगाउने ठाउँ होइन । स्थानीय तहले अनुमति नदिई त्यस्ता होम हुने कुरा सम्भव छैन,’ उनले भने ।
धादिङ: जेनजी आन्दोलनमा प्रहरीसँग विवाद गरी भाइरल भएका युवा आमाकै हत्या आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीकी ३० वर्षीय य...
झापा : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ...