छोराले दिए बुबालाई कलेजो

बाग्लुङ | साउन १२, २०७९

छोराले दिए बुबालाई कलेजो तस्बिर : निलेश राजभण्डारीको फेसबुक पेजबाट साभार


बागलुङ :   कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेश राजभण्डारीले बुबा अशोकगोविन्दको जीवनरक्षा गर्नुभएको छ । कलेजो बिग्रेर कामै नगर्ने अवस्थामा पुगेपछि छोरा निलेशको कलेजोको आधा भाग ७० वर्षीय बुबामा प्रत्यारोपण गरिएको हो ।

 

गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको राजभण्डारीले टेलिफोनमार्फत जानकारी दिनुभयो । “प्रत्यारोपण सफल भयो, अहिले बुबा र मेरो स्वास्थ्य अवस्था सामान्य नै छ”, उहाँले भन्नुभयो, “बुबा अझै केही दिन चिकित्सकीय निगरानीमा सघन कक्षमा रहनुहुन्छ ।”


    
गत माघमा स्वास्थ्यमा एक्कासी समस्या देखिएर पोखराको गण्डकी मेडिकल कलेजमा परीक्षण गराउँदा बुबाको कलेजोमा खराबी देखिएको राजभण्डारीले बताउनुभयो । “थप उपचारलाई काठमाडौँको ग्राण्डी अस्पताल पनि लगियो, चिकित्सकले अरु उपचारले नहुने र कलेजो प्रत्यारोपण नै एकमात्र विकल्प रहेको बताएपछि बुबालाई कलेजो दिने निर्णयमा म पुगेँ ।”

 

नेपाली चिकित्सककै राय, परामर्शमा कलेजो प्रत्यारोपणका लागि नयाँ दिल्ली आएको उहाँको भनाइ छ । ४३ वर्षीय राजभण्डारीले आफू र बुबाको स्वास्थ्य लाभको कामना गर्ने र सदासयता राख्नेप्रति आभारी रहेको जनाउनुभयो । कलेजो दान दिएर बुबाको जीवन बचाएकामा धेरैले उहाँको प्रशंसा गरिरहेका छन् ।

पोखरा:     नेपाल पत्रकार महासंघ कास्कीले संस्थाको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ३ जनालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरेको छ ।   पोखरा...

थप पढ्नुहोस्

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।   सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहा...

थप पढ्नुहोस्

पाेखरा:   माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बौदीकालिले जितेको छ ।    प्रतियोगितामा शुक्लागण्डकी  नगरपालिका तनहु...

थप पढ्नुहोस्